Technology Khabar ४ असार २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ४ असार । सामसुंगले आफ्नो ग्यालेक्सी सीरीजको नयाँ दुईवटा स्मार्टफोन ग्यालेक्सी जे फाईभ (Galaxy J5) तथा ग्यालेक्सी जे सेभेन (Galaxy J7) लन्च गरेको छ ।
सामसुंगले यो सीरीजका पुराना फोनहरुजस्तै यस पटक पनि सेल्फी क्यामरामा ध्यान केन्द्रित गर्दै नयाँ स्मार्टफोन ल्याएको हो । सामसुंगले यी दुई स्मार्टफोनहरु चीनमा मात्र सार्वजनिक गरेको छ ।
जे सीरीजका यी दुबै स्मार्टफोनहरु एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेका छन् ।
सामसुंगले चीनमा ग्यालेक्सी जे फाईभको मूल्य १,३९८ यूआन तथा ग्यालेक्सी जे सेभेनको मूल्य १,७९८ यूआन तोकेको छ ।
सामसुंग ग्यालेक्सी जे सेभेन (Samsung Galaxy J7)
सामसुंग जे सेभेनमा अक्टा-कोर स्न्यापड्रयागन ६१५ प्रोसेसर ( फोर १.४ गीगाहर्ज कोर एण्ड फोर १ गीगाहर्ज कोर ) राखिएको छ । यसमा ५.५ इन्चको ७२०X१२८० पीक्सेलको एचडी डिस्प्ले रहेको छ ।
यो स्मार्टफोनमा १.५ जीबीको र्याम छ भने १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
यो फोनमा १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा एफ/१.९ (f/1.9)अर्पाचरका साथमा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
ग्यालेक्सी जे सेभेनमा ३००० एमएएचको ब्याट्री छ । फोरजी एलटीई सपोर्ट गर्ने यो फोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।
यसमा कनेक्टिभिटीका लागि थ्रीजी, ब्लूटूथ ४.१ भर्सन, वाई-फाई नियर फील्ड कम्यूनिकेशन, जीपीएस, माइक्रो यूएसबी अप्शन राखिएको छ । १४९ ग्रामको यो स्मार्टफोन ब्ल्याक, ह्वाइट एण्ड गोल्ड कलरमा उपलब्ध हुनेछ ।
सामसुंग ग्यालेक्सी जे फाईभ (Samsung Galaxy J5)
अर्कोतर्फ सामसुंग जे फाईभमा १.२ गीगाहर्जको क्वाड कोर स्न्यापड्रयागन ४१० प्रोसेसर रहेको छ भने ५ इन्चको टीएफटी स्क्रीन छ जसले १२८०X७२० पीक्सेल रिजोल्यूशन डिस्प्ले क्वालिटी दिन्छ ।
सामसुंग जे फाईभमा १.५ जीबीको र्याम छ भने १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीको सहयोगमा १२८ जीबीसम्म बढाउन सकिन्छ ।
यो स्मार्टफोनमा १३ मेगापिक्सेलका अटोफोकश रियर क्यामरा राखिएको छ, जसमा एफ/१.९ (f/1.9) अर्पाचर रहेको छ । त्यस्तै फ्रन्ट फेशिंग क्यामरा ५ मेगापिक्सेलको रहेको छ ।
जे फाईभमा कनेक्टीभिटीका लागि थ्रीजी, ब्लूटूथ ४.१ भर्सन, वाई-फाई नियर फील्ड कम्यूनिकेशन, जीपीएस, माइक्रो यूएसबी अप्शन राखिएको छ । २,६०० एमएएच ब्याट्री भएको दुई सिम प्रयोग गर्न मिल्ने यो स्मार्टफोन ब्ल्याक, ह्वाईट एण्ड गोल्ड कलरमा लन्च गरिएको हो ।
सामसुंगका ग्यालेक्सी सीरीजका नयाँ दुबै स्मार्टफोनहरुमा पहिलो पटक फ्रन्ट फेशिंग एलईडी फ्ल्याश राखिएको छ । जसले अँध्यारोमा पनि सेल्फी खिच्न सहज हुनेछ ।
चीनमा यसै साता बिक्रीका लागि उपलब्ध हुने यी दुबै स्मार्टफोन चीनभन्दा बाहिरको बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् । एजेन्सी
प्रकाशित: ४ असार २०७२, शुक्रबार