ट्वीटरले ल्यायो भिडियो अटोप्ले फीचर

Technology Khabar ४ असार २०७२, शुक्रबार

ट्वीटरले ल्यायो भिडियो अटोप्ले फीचर

काठमाडौं ।

काठमाडौं, ४ असार । सोशल नेटवर्किंग साइट ट्वीटरले विज्ञापन दिने व्यक्तिहरुका लागि नयाँ फीचर लन्च गरेको छ । ट्वीटरले नयाँ फीचर अटोप्ले भिडियो शुरु गरेको हो ।

ट्वीटर ब्लगमा उल्लेख भएअनुसार यो फीचर आईओएसमा शुरु भईसकेको छ ।

यसको अर्थ अब प्रयोगकर्ताको ट्वीटर टाइमलाइनमा भिडियो विज्ञापन, जीआईएफ तथा वाइन आफैं प्ले हुनेछ । प्रयोगकर्ताले साउण्ड म्यूट गरेको स्थितिमा पनि भिडियो अटोप्ले हुने बताईएको छ ।

ट्वीटरको यो कदमले विज्ञापन दिनेहरुलाई निकै फाईदा हुने अनुमान गरिएको छ । फेसबुकले यस्तो सुविधा सन् २०१३ डिसेम्बरदेखि नै शुरु गरीसकेको थियो  ट्वीटरमा यसको शुरुवातले कम्पनीलाई निकै नाफा हासिल हुनसक्नेछ । यो फीचर प्रयोगले ट्वीटर प्रयोगकर्ताको डाटा तथा ब्याट्रीमा असर पर्नेछ ।

यो भिडियो हेर्नका लागि कुनैपनि ट्वीट हेर्नबाट बन्चित हुनु नपर्ने र तत्काल शेयर पनि गर्न सकिने ट्वीटरले बताएको छ ।

यदि प्रयोगकर्ताले भिडियोलाई आफ्नो मोबाइलमा ल्याण्डस्केप मोडमा घुमाएमा साउण्ड आफैं आउने छ भने भिडियो फूल स्क्रीनमा हेर्न सकिनेछ ।

प्रयोगकर्ताले भिडियो हेर्नको लागि सेटिंगबाट अप्शन गरेर क्लिक टू प्ले अथवा भिडियो अटोप्ले गर्नसक्नेछ ।

ट्वीटरले मंगलवारदेखि ट्वीटर डटकम तथा आईओएसका लागि शुरु गरेको छ भने एन्ड्रोयडका लागि भने केहि समय लाग्ने जनाएको छ ।

आईओएसमा यसरी गर्नुहोस् भिडियो अटोप्ले

ट्वीटर आईओएसमा अटोप्लेका लागि सबैभन्दा पहिले ट्वीटर एप खोल्नुहोस् त्यसपछि सेटिंग आइकनमा जानुहोस् । यसपछि भिडियो अटोप्लेमा जानुहोस् र यूज वाईफाई ओन्ली अथवा नेभर प्ले भिडियोज अटोमेटिकली अप्शनमध्ये एकलाई छनौट गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: ४ असार २०७२, शुक्रबार

ताजा समाचार