एलजी स्मार्ट रेफ्रिजेरेटरमा साटफेर गर्न मिल्ने योजना

Technology Khabar ३ असार २०७२, बिहीबार

एलजी स्मार्ट रेफ्रिजेरेटरमा साटफेर गर्न मिल्ने योजना

काठमाडौं ।

काठमाडौं, ३ असार । सिजी ग्रुपअन्तरगरको सिजी इलेक्ट्रोनिक्सले हालै बजारमा ल्याएको एलजी स्मार्ट रेफ्रिजेरेटरमा साटफेर गर्न मिल्ने योजना ल्याएको छ।

यो अफरमा ग्राहकले बिशेष योजना तथा उपहार अन्तर्गत जुनसुकै ब्राण्डका रेफ्रिजेरेटर ल्याएर उपभोक्ताहरुले नया एलजी स्मार्ट रेफ्रिजेरेटर लैजान सक्ने कम्पनीले जानकारी दिएको छ।

पोखरा, बुटवल, नारायणघाट हुँदै नेपालको बिभिन्न एलजी सोरुमहरुमा यसले बजार प्रबर्धनका कार्यक्रम पनि संचालन गर्दै जाने कम्पनीले जनाएको छ।  देशको बिभिन्न स्थानहरुमा रहेका एलजी सोरुमबाट ग्राहकले योजना सम्बन्धि जानकारी लिन सक्नेछन्।

easy care

प्रकाशित: ३ असार २०७२, बिहीबार