माइक्रोम्याक्सले विश्वको सबैभन्दा पातलो र हलुका स्मार्टफोन ल्यायो, मोटाई ५.१ मिमी तथा तौल ९७ ग्राम

Technology Khabar ३ असार २०७२, बिहीबार

माइक्रोम्याक्सले विश्वको सबैभन्दा पातलो र हलुका स्मार्टफोन ल्यायो, मोटाई ५.१ मिमी तथा तौल ९७ ग्राम

काठमाडौं ।

काठमाडौं, ३ असार । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै प्रतिक्षा गरिएको इभेन्टमा विश्वको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सले भारतमा भएको उक्त इभेन्टमा नयाँ स्मार्टफोन क्यानभास स्लिभर ५ (Canvas Sliver 5) लन्च गरेको हो । कम्पनीले उक्त फोन अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन भएको दाबी गरेको छ । यो फोनको मोटाई ५.१ मिलिमीटर मात्र छ भने यसको तौल ९७ ग्राम मात्र छ । माइक्रोम्याक्सका प्रमुख कार्यकारी अधिकृत बिनीत तनेजाकाअनुसार यो स्मार्टफोन अहिलेसम्मको सबैभन्दा हलुका स्मार्टफोन हो ।micromax-canvas-silver-5

दिल्लीमा आज भएको इभेन्टको लागि सबै मिडियामा निम्तो पठाईएको भएपनि के लन्च हुने भन्ने कुनै जानकारी दिईएको थिएन् ।

के छ माइक्रोम्याक्सको क्यानभास स्लिभर ५ मा ?

माइक्रोम्याक्सको क्यानभास स्लिभर ५ मा १.२ गीगाहर्जको क्वालकम स्न्यापड्रयागन ४१० क्वाड कोर प्रोसेसर तथा २ जीबीको र्याम राखिएको छ । यो स्मार्टफोनमा गोरिल्ला ग्लास थ्रीद्धारा प्रोटेक्ट गरिएको ४.५ इन्चको एचडी एमोलेड टचस्क्रीन हालिएको छ । फोरजी कनेक्टिभिटी भएको यो फोन हाल भारतीय बजारमा मात्र उपलब्ध हुने बताईएको छ ।

यस स्मार्टफोनमा सोनी आईएमएक्स२१९ का साथमा ८ मेगापिक्सेलको रियर क्यामरा छ, जसमा सिमोस सेन्सर तथा ब्लू ग्लास फील्टर राखिएको छ । यस फोनमा प्रोफेशनल क्यामेरा मोड पनि राखिएको छ । यसले एचडी भिडियो पनि खिच्न सक्नेछ । क्यानभास स्लिभर ५ मा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो एन्ड्रोयड ललीपप अपरेटिंग सिष्टममा आधारित छ ।

एउटा सिम मात्र प्रयोग गर्न मिल्ने यो फोनलाई कम्पनीले ‘दि थीनेस्ट एज वेल एस लाइटेस्ट’ फोनको रुपमा दाबी गरेको छ ।

२,००० एमएएचको ब्याट्री भएको यो स्मार्टफोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ जसलाई बढाउन सकिँदैन् । यसबाट कम्पनीले पुरै एक दिनभर स्मार्टफोन प्रयोग गर्न सकिने बताएको छ ।canvas-silver-5

यो स्मार्टफोनसँग भारतीय बजारका लागि एयरटेलको डबल फोरजी डाटा प्रयोग गर्न पाउनेछन्, जुन तीन महिनासम्म प्रयोग गर्न सक्नुपर्नेछ ।

यो स्मार्टफोन ब्ल्याक एण्ड गोल्ड कलर अप्शनमा मात्र उपलब्ध हुनेछ । माइक्रोम्याक्स क्यानभास स्लिभर ५ अनलाइन तथा अफलाइनमा जुलाईदेखि मात्र उपलब्ध हुने बताईएको छ ।

यसका बिच माइक्रोम्याक्सले क्यानभास स्लिभर ५ का लागि नयाँ सेवा प्रणालीको घोषणा गरेको छ । यो सेवाअन्तरगत ग्राहकले कस्टमर केयरमा गुनासोका लागि फोन गर्न वा वेब टूलमार्फत गुनासो गर्न सक्नेछन् । त्यसपछि माइक्रोम्याक्सका कर्मचारीले टिपाएको स्थानबाट लिएर सातदिनभित्र फिर्ता दिने जनाएको छ ।

यसअघि जियोनीले विश्वको सबैभन्दा पातलो स्मार्टफोनको रुपमा ईलाइफ एस ५.१ (Elife S5.1) ल्याएको थियो, जुन ५.१५ मिलिमीटर मोटाईको छ ।

Sajilo Visa

प्रकाशित: ३ असार २०७२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार