जोलोले ल्यायो सबैभन्दा सस्तो क्रोमबुक

Technology Khabar ३ असार २०७२, बिहीबार

जोलोले ल्यायो सबैभन्दा सस्तो क्रोमबुक

काठमाडौं ।

काठमाडौं, ३ असार । भारतीय कम्पनी जोलोले बजारमा आफ्नो पहिलो ल्यापटप बिक्रीका लागि खुला गरेको छ । कम्पनीले लो बजेट जोलो क्रोमबुक ल्यापटप ई-कमर्श साइट स्न्यापडीलमा लिस्ट गरेको छ । यो ल्यापटप कम्पनीले गत महिना भारतमा गूगल इण्डियाको एक कार्यक्रममा पहिलो क्रोमबुकको रुपमा सार्वजनिक गरेको थियो ।

जोलोले यो ल्यापटपको मूल्य भारतमा १२ हजार ९ सय ९९ रुपैंया तोकेको छ, जुन स्न्यापडीलमा मात्र खरिद गर्न सकिन्छ । यो क्रोमबुकलाई भारतकै अहिलेसम्मको सबैभन्दा सस्तो ल्यापटप मानिएकोछ ।MobilesKhabar-2

यो ल्यापटपमा गूगल ड्राइभ १ सय जीबी स्टोरेज २ वर्षसम्म निशुल्क प्रयोग गर्न सकिन्छ भने गूगल एप्ससहितका अन्य फीचरहरु पनि छन् । यसबाट ९ जना यूजर्सले एकैपटक भिडियो च्याट गर्न सक्ने सुविधा उपलब्ध छ । यसका साथै यसमा जीमेले तथा गूगल ड्राइभ अफलाइन प्रयोग गर्न सकिन्छ ।

जोलोको क्रोमबुक ल्यापटपमा ११.६ इन्चको १३६६X७६८ रिजोल्यूशनको डिस्प्ले छ । साथै रकचीप ३२८८ प्रोसेसर, १.८ गीगाहर्जको एआरएम माली ७६० क्वाड कोर जीपीयू राखिएको छ । यो क्रोमबुकमा २ जीबीको र्याम छ भने यसमा इन्टरनल स्टोरेज १६ जीबीको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ । यो ल्यापटपमा ७२० पिक्सेलको एचडी सपोर्टिभ वेब क्याम राखिएको छ ।

यसमा कनेक्टिभिटीका लागि एचडीएमआई, कार्ड रिडर, दुईवटा २.० यूएसबी पोर्टस्, वाईफाई ब्लूटूथलगायतका आधारभूत फीचरहरु छन् । जोलो कम्पनकिा अनुसार यो ल्यापटप सिंगल चार्जमा १० घण्टासम्मको वर्कटाइम दिन सक्दछ ।

१.१५ किलोग्रामको तौल भएको यो ल्यापटपको मोटाई १७.९ मिलिमिटर मात्र छ । जोलोको यो क्रोमबुक गूगलको क्रोम अपरेटिंग सिष्टममा आधारित रहेको हुँदा प्रयोगकर्ताले गूगल आईडिबाट लगईन गर्नुपर्ने हुन्छ ।

easy care

प्रकाशित: ३ असार २०७२, बिहीबार

ताजा समाचार