जुत्ता तथा चप्पल बनाउने तालिम सेन्टर शुरु

Technology Khabar ३ असार २०७२, बिहीबार

जुत्ता तथा चप्पल बनाउने तालिम सेन्टर शुरु

काठमाडौं ।

काठमाण्डौ, ३ जेठ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा नेपालमै पहिलो पटक जुत्ता तथा चप्पल बनाउने तालिम मंगलबारदेखि शुरु भएको छ ।

उद्योगमन्त्री महेश बस्नेतले उक्त तालिमको उदघाट्न गर्दै नेपालमा जुत्ता बनाउने जनशक्तिको अभाव हुनुमा प्राविधिक शिक्षा र ज्ञानको कमी कारण रहेको बताए । उनले दक्ष जनशक्ति निर्माणको लागि निजी संघ संस्थाहरुले यस्तो प्रशंसनीय कार्य गर्नु सह्रानीय भएको धारणा राखे ।

साथै उनले जुत्ता बनाउने तालिमलाई उद्योग मन्त्रालयले सक्दो सहयोग गर्ने बचनवद्धता व्यक्त गर्दै अहिलेसम्मको तथ्यांकमा बैशाख १२ को भूकम्पपछि निजी तथा सरकारी उद्योगहरुमा झण्डै १७ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको पनि जानकारी दिए ।

त्यसैगरी फुटवेयर म्यानुफ्याक्चर्सका अध्यक्ष रविनकुमार श्रेष्ठले हाल जुत्ता चप्पल उद्योगमा विदेशी कालिगढहरुको भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरे उनले हालै आएको महाविपत्तिमा कच्चा पदार्थ हुँदाहुँदै पनि विदेशी कामदार पलायन भएकोले सामाग्री उत्पादन गर्न नसकिए भन्दै स्वदेशी जनशक्ति उत्पादन गर्ने उदेश्यले यस्तो खालको तालिम सेन्टरको स्थापना गरिएको जानकारी दिए । साथै कच्चा पदार्थ आयात गर्दा र तयारी वस्तु आयात गर्दा तिर्ने गरेको कर समान रहेकोले उक्त करको दायरालाई फरक गर्नुपर्नेमा जोड दिए ।

संघका अनुसार यस्तो तालिम अब ३ महिना मात्र नभई बर्षैभरी सञ्चालन गरिने छ ।

Global Bank
easy care

प्रकाशित: ३ असार २०७२, बिहीबार

ताजा समाचार