सामसुंगका ६० करोडभन्दा बढि स्मार्टफोनहरु जोखिममा !

Technology Khabar २ असार २०७२, बुधबार

सामसुंगका ६० करोडभन्दा बढि स्मार्टफोनहरु जोखिममा !
फाईल फोटो

काठमाडौं ।

काठमाडौं,२ जेठ । के तपाईँ सामसुंगको स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? यदि तपाईँ हाल सामसुंगको ग्यालेक्सी सिरिजको स्मार्टफोन प्रयोग गरिरहनुभएको छ भने होसियार हुनुहोस् । कतै तपाईँको स्मार्टफोनमा भएका विभिन्न डाटाहरु चोरि भएको त छैन् ?

मोबाइल सेक्यूरिटिसम्बन्धि अध्ययन गर्ने कम्पनी नाउसेक्यूर (NowSecure) ले दिएको रिपोर्टअनुसार सामसुंगको ग्यालेक्सी सिरिजको स्मार्टफोनहरु निकै जोखिममा रहेका छन् । रिपोर्टअनुसार ग्यालेक्सी सिरिजका फोनहरुमा कम्पनीद्धारा प्रीलोड गरिएका कि-बोर्ड सफ्टवेयरहरु निकै जोखिममा रहेका छन् ।

यदि यो सफ्टवेयरमा चलखेल भएमा ह्याकरले फोनमा पहुँच पाउनसक्नेछ, जसलाई टाढाबाट अनुमगन गर्न तथा मालवेयर(भाइरस) इन्स्टल गर्न सक्नुका साथै प्रयोगकर्ताको निजी विबरणहरु चोरी गर्नसक्नेछ ।

नाउसेक्यूरको रिपोर्टकाअनुसार ६० कराेड (600 million) भन्दा बढि सामसुंगका स्मार्टफोनहरु, जसमा स्विफ्टकी (SwiftKey) कि-बोर्ड प्रीलोड गरिएको छ, ती सबैका तथ्यांक उजगार(एक्पोज्ड) हुनेछन् ।swiftkey-flow-beta-is-easily-the-best-android-keyboard-yet-cap

नाउसेक्यूरमा मोबाइल सेक्यूरिटी स्पेस्लिष्टकोरुपमा काम गरिरहेका रायन वाल्टनको अध्ययनमा पहिले नै राखिएको उक्त कि-बोर्ड एपले इनक्रिप्ट नभएको प्लेन टेक्स्टमा चलाखीपूर्ण तरिकाले ल्यांगवेज प्याक अपडेट डाउनलोड गर्नसक्नेछ । त्यसैले भाषा प्याकहरुको खराबीका कारण मालवेयर कोड हाल्न सकिनेछ जसले स्मार्टफोनलाई नियन्त्रण गर्दछ ।

यस्तो मालवेयर कोड एकपटक प्रवेश गराएपछि प्रयोगकर्तालाई कुनै जानकारी नै नछोडी आक्रमणकारीले फोनको डाटा, म्यासेज, पासवर्ड, बैंक लगिनसहित हरेक जानकारीमा पहुँच राख्नसक्दछ । नाउसेक्यूरका प्रमुख कार्यकारी अधिकृत एन्ड्रयू हुवले पछिल्ला डिभाइसहरु ग्यालेक्सी नोट फोर, नोट थ्री, ग्यालेक्सी एसथ्री, एसफोर, एस फाईभ तथा ग्यालेक्सी एस सिक्स तथा सिक्स एजमा पनि यस्तो समस्या रहेको विश्वास गरे ।

नाउसेक्यूरले यो विषय सामसुंगलाई सन् २०१४ नोभेम्बरमा नै जानकारी गराएको थियो र कोरियाली कम्पनीले विश्वभरका मोबाइल अपरेटरहरुलाई सुरक्षा प्याच दिएको थियो । जेभएतापनि स्विफ्टकी कि-बोर्ड एप भएका विश्वभरका लाखौं सामसुंग डिभाइसहरु अझैपनि यो छिद्रका कारण कमजोर तथा जोखिममा छन् ।

अहिलेसम्म केबल डिभाइसमा प्री इन्टल्ड भएका स्विफ्टकी एपमात्र जोखिममा छन्, तर गूगल प्ले स्टोर तथा एप्पल आईओएस स्टोरबाट आएका किबोर्डहरु होइनन् । त्यहाँ सामसुंगका ग्यालेक्सी श्रेणीका डिभाइसहरुबाट स्विफ्टकी अनस्टल गर्ने कुनै बाटोहरु छैनन् ।

त्यसैले हालसम्म सामसंगुले छिद्र टाल्ने टालोको रुपमा मात्र काम गरेको छ, त्यसैले अहिलेका लागी गूगलको किबोर्ड प्रयोग गर्नु वा तेस्रो पक्षको किबोर्ड प्रयोग गर्न उपयुक्त हुन्छ । यस्तो समस्याबाट पार पाउन प्रयोगकर्ताले सुरक्षित मानिएको नेटवर्कबाट मात्र सम्पर्क राख्न सल्लाह दिईएको छ ।

Global Bank
easy care

प्रकाशित: २ असार २०७२, बुधबार

ताजा समाचार