शिओमीको नयाँ नोट डिभाइस जून २९ मा आउँदै

Technology Khabar १ असार २०७२, मंगलवार

शिओमीको नयाँ नोट डिभाइस जून २९ मा आउँदै

काठमाडौं ।

काठमाडौं, १ असार । चीनियाँ स्मार्टफोन मेकर शिओमी (Xiaomi) ले यहि जून २९ तारिखमा नयाँ डिभाइस घोषणा गर्ने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली यून (Lei Jun) का अनुसार शिओमीले जून २९ तारिखमा नयाँ नोट (Note) ल्याउने भएको हो ।

प्रमुख कार्यकारी अधिकृत यूनले माइक्रो ब्लगिंग साइट वेबोमार्फत उक्त जानकारी दिएपनि नयाँ डिभाइसको बारेमा भने कुनै विस्तृत विवरण दिएका छैनन् ।

यसअघि कम्पनीले एमआई नोट (Mi Note) तथा एमआई नोट प्रो (Mi Note Pro) जनवरीमा नै घोषणा गरिसकेको छ, जसमा स्न्यापड्रयागन ८२० चीपसेट प्रयोग हुनेछ ।

तर अहिले कम्पनीले रेडमी नोट २ (Redmi Note 2) ल्याउन लागेको होकी भन्ने अनुमान गरिएको छ, जुन यसअघि नै टेना (TENNA) को वेबसाइटमा देखापरिसकेको छ । टेनामा लिस्टेड भएको सो डिभायसमा ६४ बीटको मिडिया टेक एमटीके६७९५ चीपसेट प्रयोग गरिएको छ । त्यस्तै यसमा ५.५ इन्चको १०८०X१९२० रिजोल्यूशनको स्क्रीन राखिएको छ ।

रेडमी नोट २ मा १३ मेगा पीक्सेलको रियर क्यामरा तथा ५ मेगा पीक्सेलको फ्रन्ट क्यामरा जडित भएको छ । एजेन्सी

easy care

प्रकाशित: १ असार २०७२, मंगलवार