फोटोग्राफीमा चर्चित कोडाकले ल्यायो पहिलो स्मार्टफोन ‘अाईएम५’

Technology Khabar १ असार २०७२, मंगलवार

फोटोग्राफीमा चर्चित कोडाकले ल्यायो पहिलो स्मार्टफोन ‘अाईएम५’

काठमाडौं ।

काठमाडौं, १ असार । फोटोग्राफीमा कुनै समय निकै चर्चित कम्पनी कोडाकले घोषणा गरेको नयाँ स्मार्टफोन बजारमा आएको छ । कोडाकको पहिलो स्मार्टफोन कोडाक आईएम५ (Kodak IM5) यहि जनवरीमा भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा घोषणा गरेको थियो ।

यो स्मार्टफोन सबैभन्दा पहिले बेलायतमा मार्च वा अप्रिलको हाराहारीमा लन्च हुने रिपोर्टहरु आएका थिए । तर यो स्मार्टफोन बेलायतमा उपलब्ध हुनसकेको छैन् ।

यो फोन घोषणा भएको करिब ५ महिनापछि बजारमा खरिद गर्न सकिने भएको छ, तर बेलायतमा भने होईन् । कोडाकले यो स्मार्टफोन पहिलोपटक नेदरल्याण्डमा बिक्री शुरु गरेको छ ।MobilesKhabar_1

यो स्मार्टफोन कन्ट्याक्ट बिना नै २ सय ८० यूरोमा किन्न सकिन्छ, जुन तत्काल खरिद गर्न सकिन्छ । अर्थात यो स्मार्टफोन खरिद गर्न कुनै प्रि अर्डर गर्नुपर्दैन् । निश्चयपनि नेदरल्याण्डका तीन क्यारीयरले यो फोन कन्ट्रयाक्ट अप्सनमा उपलब्ध गराउनेछन् ।

कन्ट्रयाक्ट बिना नै उपलब्ध हुने यो स्मार्टफोन सीम बिना नै खरिद गर्दा निश्चयपनि सस्तो पर्दछ ।

कोडाकको आईएम५ मा ५ इन्चको ७२० पीक्सेलको डिस्प्ले राखिएको छ भने यसमा १.७ गीगाहर्जको अक्टाकोर प्रोसेसरका साथमा मिडिया टेक एमटी६५९२ चीपसेट रहेको छ । तर यो स्मार्टफोन अहिले बजारमा सार्वजनिक हुने गरेका अन्य स्मार्टफोन जसमा २ जीबीको र्याम हुने गरेको छ भन्दा कम र्यामको छ । अर्थात यसमा १ जीबीको र्याम मात्र रहेको छ ।Kodak-phone-2

यसमा ८ जीबीको आन्तरिक स्टोरेज मात्र छ जुन निकै कम हो, तर यसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ । कोडाकको पहिलो स्मार्टफोनमा २,१०० एमएएच ब्याट्री रहेको छ ।
कोडाक आईएम५ मा १३ मेगापिक्सेलको केहि म्यानुअल कन्ट्रोलसहितको रियर क्यामरा छ, जसमा सहजरुपमा शेयर गर्न तथा प्रिन्ट गर्ने सुविधा छ ।

यो फोन एन्ड्रोयडको किट्याटमा आधारित छ, जुन ललीपपमा अपडेट गर्न सकिने सुविधा छ । यो स्मार्टफोन अन्य बजारमा कहिलेदेखि उपलब्ध हुन्छ भनेर कम्पनीले कुनै जानकारी दिएको छैन् ।

Sajilo Visa

प्रकाशित: १ असार २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार