गूगलले ल्यायो फ्री एप अफ दी वीक

Technology Khabar १ असार २०७२, मंगलवार

गूगलले ल्यायो फ्री एप अफ दी वीक

काठमाडौं,  १ असार । गूगलले पछिल्लो साता मात्र आफ्नो गूगल प्ले फ्यामिली सेक्शन सार्वजनिक गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै कम्पनीले यो सेक्शनको प्रबद्र्धन गर्न फ्री एप अफ दी वीक (Free App of the Week) फीचर शुरु गरेको छ ।

एप्पलको एप स्टोर तथा अम्याजनको एप स्टोर फर एन्ड्रोयडमा यस्तो प्रबद्र्धनात्मक कार्यक्रम निकै पहिलेदेखि नै हुँदै आएपनि गूगलको प्ले स्टोरमा भने पहिलो पटक हुन लागेको हो ।

गूगलले यस्तो प्रबद्र्धनात्मक कार्यक्रममा आफ्नो स्टोरमा शुुल्क तिरेर मात्रै प्रयोग गर्न सकिने एपलाई निशुल्क रुपमा उपलब्ध गराउँछ ।

पहिलो पटक गरिएको प्रबद्र्धनअन्तरगतको फ्री एपको सूचीमा ड्यानिय टाईगर ग्रिफीक फीलिंगस् एपलाई फ्री एप अफ दी वीकको रुपमा राखेको छ । यो एपलाई प्ले स्टोरमा यसअघि डाउनलोड गर्न ३४० रुपैंया तिर्नुपर्दथ्यो । तर अब फ्यामिली सेक्शनमा प्रयोगकर्ताले निशुल्क डाउनलोड गर्न सक्नेछन् ।

कम्पनीले यस्तै प्रबद्र्धनात्मक कार्यक्रम अन्य सेक्सनहरुमा पनि गर्दछ वा गर्दैन भनेर कुनै जानकारी दिएको छैन् । अथवा यो प्रबद्र्धन फ्यामिली सेक्शनमा मात्रै सीमित हुनेछ ।
गूगलले हाल दिएको निशुल्क एपको साइज ३२ एमबी छ । यो एप डाउनलोड गरेर प्रयोग गर्नको लागि कम्तिमा एन्ड्रोयड किट्क्याट ४.०.३ अपरेटिंग सिष्टमभन्दा माथिको स्मार्टफोन हुनु जरुरी हुन्छ ।

प्रकाशित: १ असार २०७२, मंगलवार

Comments are closed.

Loading...