Technology Khabar ३२ जेष्ठ २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ३२ जेठ । पछिल्ला दिनहरुमा स्मार्टफोनमा गेम खेल्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । हिँदडा हिँदडै वा केहि काम गर्दा गर्दै पनि स्मार्टफोनमा गेम खेल्न सकिनेहुँदा स्मार्टफोनमा गेम खेल्नेको संख्या बढ्दै गएको हो ।
अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले स्टोरमा उपलब्ध भएका निशुल्क गेम एप्स डाउनलोड गरेर खेल्ने वा अनलाईन नै खेल्ने गरेका छन् । अझ एन्ड्रोयडमा आधारित स्मार्टफोन प्रयोगकर्ताहरुका लागि भनेर कयौं गेम्स गूगल प्ले स्टोरमा उपलब्ध छन्, जुन निशुल्क डाउनलोड गर्न सकिन्छ ।
यस्ता केहि गेमहरु १० लाख भन्दा पनि बढिपटक यूजर्सले डाउनलोड गरेर रेटिंग गरीसकेका छन् । यसमध्येको एक गेम हो हिरोज अफ ड्रयागन एज (Heroes of Dragon Age) ।
यदि तपाईँ एक्शन गेम मनपराउने मध्येको एक हुनुहुन्छ भने यो गेम तपाईँले खेलेर नयाँ अनुभव लिन सक्नुहुनेछ ।
थ्री डि ग्राफिक्सका साथमा हीरोज अफ ड्रयागन एज गेम सुपर हीरोजलाई मन पराउने प्रयोगकर्तालाई आकर्षक हुनसक्दछ । गूगल प्ले स्टोरमा यो गेम निशुल्क उपलब्ध रहेको छ ।
यो गेमलाई हालसम्म २,७१,२२५ जनाले रेटिंग गरेका छन्, जसले यसलाई ४.२ स्टार रेटिंग गरिएको छ ।
यो गेमलाई इन्टरनेटद्धारा अपडेट गर्न सकिनेछ भने यसलाई अटो अपडेट गर्न सकिनेछ । गूगल प्लेका अनुसार यो गेम १० लाख भन्दा अधिक पटक डाउनलोड गरिएको छ ।
यदि तपाईँ पनि यो गेम डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँको स्मार्टफोन एन्ड्रोयड २.३.३ अपरेटिंग सिष्टमभन्दा माथिको हुनुपर्दछ ।
यो गेममा थ्रीडि ग्राफिक्स भएको हुँदा १ जीबीभन्दा कम र्याम भएको स्मार्टफोनमो भने प्रयोगको समयमा समस्या आउनसक्दछ । १८ एमबीको यो गेम खेल्नको लागि १२ वर्षभन्दा माथि उमेर भएको गेमर हुनुपर्ने एपमा उल्लेख छ ।
प्रकाशित: ३२ जेष्ठ २०७२, सोमबार