उद्योगमन्त्रालयको पहलमा प्रि–फ्याब उद्योग सञ्चालन स्विकृति प्रदान

Technology Khabar ३२ जेष्ठ २०७२, सोमबार

उद्योगमन्त्रालयको पहलमा प्रि–फ्याब उद्योग सञ्चालन स्विकृति प्रदान

काठमाडौं ।

काठमाडौं, ३२ जेठ । उद्योगमन्त्रालयको पहलमा प्रि–फ्याब्रिकेटेड भवन तथा संरचना उद्योग सञ्चालनको स्विकृति प्रदान गरिएको छ ।

उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा आइतबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले प्रि–फ्याब ( प्रि–फ्याब्रिकेटेड भवन संरचना र यसलाई आवश्यक पर्ने सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर र मेटल प्यानल) उद्योग सञ्चालनको स्विकृति प्रदान गरेको हो ।

काठमाडौँ उपत्यकाको सवालमा रिङ्गरोड बाहिर उद्योग सञ्चालन गर्न पाउने गरि उत्पादन मुलक उद्योगको रुपमा यस उद्योगलाई अनुमति प्रदान गर्ने निर्णय गरिएको मन्त्री बस्नेतले बताए ।

‘यस निर्णयसँगै राज्यको मुख्य प्राथमिकता रहेको पुननिर्माण कार्यमा आधुनिकीकरणको सम्भाव्यताको ढोका खुलेको छ’ – उनले भने ।

यसैगरी बैठकले बैशाख १२ गतेको विनाशकारी भूकम्पले काठमाडौँ लगायत विभिन्न स्थानमा इट्टा भट्टा चिम्नीहरु क्षति पुगेको अवस्थामा चिम्नी रहीत आधुनिक प्रविधिलाई समेत स्किृति गरेको छ ।

कम इन्धन खपत गर्ने, वातावरण मैत्री तथा लगानी मैत्री, अष्ट्रेलियन प्रविधि ‘हब्ला जिक ज्याक किल्न’ रहेको यस क्षेत्रका विज्ञहरुको सुझाव छ । यस प्रविधिमा चिम्नीको आवश्यकता नहुने र पूर्णरुपले छतले इट्टा भट्टालाई छोप्ने हुँदा बर्षा याममा पनि सञ्चालन गर्न सकिने र तुलनात्मक रुपमा कम क्षेत्रफलमै सञ्चालन गर्न सकिने विज्ञहरुले बताएका छन् ।

बैठकले फिरफिरेको नाममा चिनिएको बालुवा धुलाइ उद्योगलाई सेवा उद्योगको रुपमा वर्गिकरणगरी दर्ता गर्ने निर्णय गरेको छ ।

विनाशकारी भूकम्पपछि ८ लाख घरहरु निर्माण गर्नुपर्ने सन्र्दभका बीच भएका यी निर्णयहरुले पुनर्निमाण कार्यलाई तिब्ररुपमा अघि बढाउन मद्दत पुग्ने उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए ।

Sajilo Visa

प्रकाशित: ३२ जेष्ठ २०७२, सोमबार

तपाइको प्रतिक्रिया