यूट्यूबको गेमिंग साइट अाउँदै

Technology Khabar ३१ जेष्ठ २०७२, आईतवार

यूट्यूबको गेमिंग साइट अाउँदै

काठमाडौं ।

काठमाडौं, ३१ जेठ । अनलाईन स्ट्रिमिंग वेवसाइट यू ट्यूवले गेमिंग साइट तथा एपको घोषणा गरेको छ । यू ट्यूबले खेलप्रेमीलाई ध्यानमा राखेर नयाँ एप तथा वेबसाइट ल्याएको हो ।

यू ट्यूवले पछिल्ला केहि वर्ष वास्तविकरुपमा प्रतिस्पर्धा बेहोरीरहेको छ । यसले आफ्नो पकडलाई कायम राख्न गेमरहरुलाई आकर्षण गर्न खोजेको हो ।

यू ट्यूबले अम्याजनको स्वामित्वमा रहेको स्ट्रिमिंग सेवा ट्विचसँग प्रतिस्पर्धाको एक प्रयासको लागि गेमिंग साइट शुरु गर्न लागेको हो । ट्विचले गेमिंग फ्यानहरुलाई अन्य खेलहरु प्रत्यक्ष प्रशारण हेर्न, प्रतिकृया गर्ने अनुमति प्रदान गर्दछ ।

गूगलले अधिग्रहण गरेको यू ट्यूबले ट्विचको अधिग्रहलाई बुझेको छ, जुन अम्याजनले ९ सय ७० मिलियन डलरमा खरिद गरेको थियो ।

सर्च इन्जिनको मूख्य कम्पनी गूगलले यो गर्मि मौसममा नै नयाँ सेवा सार्वजनिक गर्न सकिने जानकारी दिएको छ ।ytg-family

यू ट्यूबका गेमिंग प्रोडक्सन म्यानेजर एलान जोयसले भने, यू ट्यूबमा खाना पकाउने, म्यूजिक भिडियो, वाकथ्रो, स्पीडरनदेखि पूर्णरुपमा भिडियोहरुको नयाँ पुस्तालाई जोडिएको छ । अब हाम्रो पालो आएको छ की गेमरहरुको पक्षमा केहि गर्नको लागि ।

यू ट्यूबले त्यसका प्रतिस्पर्धिहरु हुलु तथा नेटफ्लीक्स् जस्ता प्रिमियम साइटहरुको जस्तै कन्टेन्टहरु समावेश गर्नेछ ।

यसमा ट्विचको जस्तै विशेष गेमहरुका लागि निर्धारित पेजहरु हुनेछ जसमा २५ हजार भन्दा बढि त्यस्ता गेमहरु रहनेछन् । प्रत्येक पेजले सम्बन्धि गेम तथा सम्पर्कको बारेमा च्यानलको कलेक्शन, भिडियोहरु तथा लाईभ स्ट्रिम फीचर दिनेछ ।

यू ट्यूव गेमिंग यो मौसममा अमेरिका तथा बेलायतमा उपलब्ध हुनेछ । तर कम्पनीले गेमिंग साइट कुन दिन सार्वजनिक हुन्छ भन्ने जानकारी भने दिएको छैन् ।

Sajilo Visa

प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार

तपाइको प्रतिक्रिया