सामसुंगले भारतमा ५ लाख यूनिट ‘जेड वान’ बेच्यो

Technology Khabar ३१ जेष्ठ २०७२, आईतवार

सामसुंगले भारतमा ५ लाख यूनिट ‘जेड वान’ बेच्यो

काठमाडौं ।

काठमाडौं, ३१ जेठ । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगको टाइजेन अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन जेड वान (Z1) ले निकै राम्रो सफलता हासिल गरेको छ । दक्षिण कोरियाबाट आएको पछिल्लो रिपोर्टअनुसार सामसुंगको टाइजेनमा आधारित स्मार्टफोन जेड वानले अनुमान गरेको भन्दा राम्रो क्षमता प्रदर्शन गरेको छ ।

रिपोर्टकाअनुसार कम्पनीले भारतमा जेड वान स्मार्टफोन लन्च भएपछि ५ लाख यूनिट भन्दा बढि स्मार्टफोन बिक्री गरेको छ । यो स्मार्टफोन गत वर्ष जनवरीमा सार्वजनिक गरिएको थियो । यो स्मार्टफोन भारतका अलावा दक्षिण एशियाली मुलुक बंगलादेशमा पनि उपलब्ध छ, जहाँ २३.४ प्रतिशत स्मार्टफोनको बजार हिस्सा जेड वानले लिएको छ ।

जेड वानको सफलताबाट उत्साहित हुँदै कम्पनीले टाईजेनमा आधारित अर्को स्मार्टफोन ल्याउने तयारी गरेको छ । यो संभवतः जेड टू (Z2) हुनेछ । नयाँ स्मार्टफोन रुस, चीन, मलेशिया तथा श्रीलंकामा सार्वजनिक हुने रिपोर्टमा उल्लेख छ ।

यो पनि हेर्नुहोस्-

सामसुंगको ‘जेड वान’ बंगलादेशमा पहिलो स्थानमा

Global Bank
easy care

प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार

ताजा समाचार