Technology Khabar ३१ जेष्ठ २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, ३१ जेठ । के तपाईँ २४ सय रुपैंयामा नै स्मार्टफोन किन्न पाईन्छ भनेर अनुमान गर्न सक्नुहुन्छ ? अहिलेको अवस्थामा कुनैपनि ब्राण्डेड स्मार्टफोन करिब २४ सय रुपैंयामा किन्न पाईँदैन् ।
सामान्य किसिमको स्मार्टफोन खरिद गर्न पनि ५ हजार रुपैंया तिर्नुपर्दछ । तर अब केहि समयपछि तपाईँले २४ रुपैंयाको हाराहारीमा ब्राण्डेड स्मार्टफोन खरिद गर्न सक्नुहुनेछ ।
मोजिल्लाले भारतमा १५ सय भारतीय रुपैंया (२४ सय नेपाली रुपैंया) को स्मार्टफोन ल्याउने तयारीगरिरहेको छ । यो विश्वको सबैभन्दा सस्तो स्मार्टफोनमध्ये एक हुनेछ । यस स्मार्टफोनमा विभिन्न एप तथा मोबाइल इन्टरनेटको सुविधा पनि उपलब्ध हुनेछ ।
नयाँ फोन फायरफकस अपरेटिंग सिष्टममा (Firefox OS) आधारित हुनेछ ।
पहिलो चरणमा भारतीय कम्पनीहरु इन्टेक्स तथा स्पाइसले यो स्मार्टफोन बनाएर बिक्री गर्नेछन् । स्मार्टफोनमार्फत मोबाइल इन्टरनेट प्रयोग गर्ने व्यक्तिहरु भारतीय बजारमा बढ्दो संख्यामा रहेको हुँदा भारतमा यो स्मार्टफोन आउन लागेको हो ।
फायरफक्स अपरेटिंग सिष्टम भएको फोन एन्ड्रोयड अपरेटिंग सिष्टम भएको फोनजति लोकप्रिय हुन सकेको छैन् तर फायरफक्स अपरेटिंग सिष्टममा आधारित फोनको मूल्यलाई चुनौती दिन भने एन्ड्रोयडको फोनलाई कठिन हुनेछ ।
अमेरिकी बजारमा फायरफक्समा आधारि फोन करिब ३५ सय भारुमा उपलब्ध छन् । भारतीय बजारमा भने यो भन्दा करिब आधा मूल्यमा फायरफक्सले स्मार्टफोन ल्याउन लागेको हो ।
हालसम्म मोजिल्लाले फायरफक्स अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन जेडटीई ओपन सी (ZTE Open C) सार्वजनिक गरेको छ । अल्काटेल वान टच फायर(Alcatel One Touch Fire) तथा जेडटिई ओपन टू (ZTE Open II) छिटै सार्वजनिक हुँदैछ ।
फोन कम्पनीहरुलाई फोरजी सेवामा उपभोक्ताको वृद्धिले डाटा सेवाको माग द्रूत गतिमा बढने अपेक्षा छ ।
भारतको साना शहरहरुमा ग्राहकहरुका लागि अहिले पनि भारु २ हजार रुपैंयाभन्दा अधिक मूल्यको फोन महंगो लाग्ने गरेको छ । स्पाइस मोबाइलकाअनुसार साधारण मानिसहरुलाई नयाँ आउने स्मार्टफोनको फाईदा हुनेछ ।
पछिल्ला वर्षहरुमा भारत स्मार्टफोनको लागि विश्वको सबैभन्दा तिब्रगतिले बढिरहेको बजारमध्ये एक हो । यहाँ विश्वका विभिन्न कम्पनीहरुको आफ्ना नयाँ ब्राण्ड तथा मोडलका स्मार्टफोनहरु लक्षित गर्दै आएका छन् । यो स्मार्टफोन बजारमा कहिलेसम्म उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् ।
प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार