आकृति बनिन् ‘एसएलसी ट्यालेन्ट विजेता २०७१’

Technology Khabar ३१ जेष्ठ २०७२, आईतवार

आकृति बनिन् ‘एसएलसी ट्यालेन्ट विजेता २०७१’
Classic Tech

काठमाडौं, ३१ जेठ । हिकाष्ट एसएलसी ट्यालेन्ट शो २०७१ को फाईनल अडिसनमा झापा धरमपूरकी आकृति गजुरेल विजयी भएकी छिन् । विजय प्राप्त गरेसँगै उनले नगद राशी पाँचहजार सहित दर्जनौँ पुरस्कार प्राप्त गरेकी छिन् भने गोल्डेन गेट कलेजले प्लस टु शिक्षाको लागि निशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

क्यापिटल इभेन्टले काठमाडौँको कार्यक्रममा म प्यार बेचिदिन्छु बोलको गितमा उनले आफ्नो नृत्यकला प्रस्तुत गरेकी थिइन् ।  उनी अक्सीडेन्टल पव्लिक स्कूल अनामनगरबाट एसएलसी दिएकी छात्रा हुन् । विभिन्न अडिसन राउण्ड पार गर्दै फाइनलमा पुगेका १० प्रतिष्पर्धीबिच भएको प्रतिष्पर्धामा उनी सबैलाई पछि पार्दै अब्बल ठहरिएकी हुन् ।

२०७१ सालमा एसएलसी दिएर परीक्षाफलको पर्खाइमा रहेको विद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै आफू भित्रको कलालाई सबैको सामू प्रस्तुत गर्ने स्टेज प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा काभ्रेपलाञ्चोककी सन्जिस्ता श्रेष्ठले प्रथम रनर अप र सिन्धुपाल्चोकका सनिल योञ्जनले दोस्रो रनरअप प्राप्त गरेका छन् उनीहरुले पनि नगद राशी सहित विभिन्न पुरस्कार पाएकमा छन् । उनीहरुलाई पनि गोल्डेन गेट कलेजले प्लस टु शिक्षामा निशुल्क शिक्षा दिने छ ।

प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार

Comments are closed.

Loading...