एप्पलले भारतमा आईफोन उत्पादन गर्न सक्ने

Technology Khabar २९ जेष्ठ २०७२, शुक्रबार

एप्पलले भारतमा आईफोन उत्पादन गर्न सक्ने

काठमाडौं ।

काठमाडौं, २९ जेठ । एप्पलको आईफोन तथा आईप्याड अब भारतमा नै उत्पादन हुने भएको छ । एप्पलका लागी आईफोन बनाउने कम्पनी फक्सकनले भारतमा आफ्नो कारखाना विस्तार गर्ने भएपछि यो संभावना देखिएको हो । भारतीय सरकारी अधिकारीहरुको भनाई उद्धत गर्दै यो जानकारी बाहिर आएको छ ।

ताइवानी कम्पनी फक्सकनले भारतमा निकै सस्तो मूल्यमा आईफोन बनाउने गरि कारखाना स्थापना गर्ने तयारी गरेको हो । फक्सकनले भारतमा कारखाना स्थापना गरेमा निकै सस्तो मूल्यमा आईफोन उत्पादन हुने बताईएको छ ।Apple

भारतको महाराष्ट्र राज्यका उद्योग मन्त्री सुभाष देसाईले यो समाचारलाई पुष्टी गर्दै भने, ‘फक्सकनले आफ्ना अधिकारीहरुको एक प्रतिनिधीमण्डल पठाउन लागेका छन् । करिब एक महिना भित्र यो प्रतिनिधिमण्डलले यहाँ कारखानाका लागि उपयुक्त स्थानको खोजी गर्नेछन् ।’

उनका अनुसार कम्पनीले अहिलेसम्म आईफोन उत्पादन गर्ने प्लान्टको बारेमा भारतसँग कुनै करार गरेको छैन् ।

फक्सकनले आफ्नो प्लान्ट महाराष्ट्रमा लगाउन सक्ने संभावना अधिक रहेकोछ । फक्सकनले पहिले नोकिया फोन उत्पादन गर्दथ्यो भने पछि यो कम्पनी बन्द भएको थियो । तर केहि समयपछि नै आईफोन उत्पादन गर्दै कम्पनीले आफ्नो उत्पादन बिस्तार गरिरहेको छ ।

कम्पनीले भारतमा सन् २०२० सम्म १० देखि १२ वटा कारखाना तथा डाटा सेन्टर बनाउने लक्ष्य राखेको छ ।

आईफोनका अधिकांश हेडसेट हाल चीनमा उत्पादन भईरहेका छन् । तर चीनमा मजदूरहरुको बढ्दो तलब तथा सुविधाको समस्यामा कम्पनी रहेको छ । यो समयमा भारतमा सस्तो उत्पादन लागतमा कम्पनीले आफ्ना उत्पादन ल्याउन सक्नेछ ।foxconn_2337379b

तर यो बारेमा एप्पले भने कुनै जानकारी दिन अस्विकार गरेको छ ।

जानकारी अनुसार कम्पनीले भारतमा आन्तरिक तथा विश्व बजारमा बिक्री गर्नका लागि आईफोन, आईप्याड तथा आईपड निर्माण गर्न सक्नेछ ।

हाल भारतमा १६ जीबीको एप्पलको आईफोन ६ को मूल्य ४४ हजार भारु छ भने सामसुंगको ३२ जीबीको ग्यालेक्सी एस ६ को मूल्य ४० हजार भारु रहेको छ । कम्प्यूटरप्वाइन्ट रिसर्च मार्केट मनिटरको अनुसन्धान विश्लेषण अनुसार भारतमा एप्पलको बजार हिस्सा १० प्रतिशत मात्र रहेको छ । रोयटर्सको सहयोगमा

easy care

प्रकाशित: २९ जेष्ठ २०७२, शुक्रबार

ताजा समाचार