Technology Khabar २८ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले सामाजिक साईट ट्वीटर नियमित प्रयोग गर्न थालेका छन्न् । आधिकारीकरुपमा पहिलो पटक ट्वीटरमा देखिएका कोइरालाको आधिकारीक ट्वीटर अकाउन्ट बुधबार रातिदेखि संचालनमा आएको हो ।
उनले नेपाली र अंग्रेजी दुवै भाषामा स्ट्याटस राख्दै आफूले पनि ट्वीटर चलाउन थालेको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले खोलेको ट्वीटर एकाउन्टलाई फलो गर्नेको संख्या एक दिनमै २६ सय नाघेको थियो । प्रधानमन्त्री कोइरालाले खोलेको ट्वीटरएकाउन्टलाई फलो गर्नेको संख्या हालसम्म ५ हजार १ सय १७ पुगेको छ । उनले हालसम्म ५ वटा ट्वीट गरेका छन् भने अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फलो गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले ट्वीटरबाट जानकारी दिँदै उक्त एकाउन्ट प्रधानमन्त्री कार्यालयको पनि आधिकारीक भएको र यसलाई भविश्यमा आधिकारीकरुपमा संचालन गरीने स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीलाई दिने सुझाव सल्लाह पनि लिइने जानकारी दिए ।
प्रकाशित: २८ जेष्ठ २०७२, बिहीबार