डेलले विश्वको सबैभन्दा पातलो ट्यालबेट भारतीय बजारमा सार्वजनिक गर्यो

Technology Khabar २८ जेष्ठ २०७२, बिहीबार

डेलले विश्वको सबैभन्दा पातलो ट्यालबेट भारतीय बजारमा सार्वजनिक गर्यो

काठमाडौं ।

काठमाडौं, २८ जेठ । कम्प्यूटर निर्माता कम्पनी डेलले बुधवार भारतमा आफ्नो बजार विस्तार गर्दै विश्वको सबैभन्दा पातलो ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सर्वसाधारणहरुमा कम्प्यूटरहरुको संख्या बढाउने उदेश्यका साथ नयाँ उत्पादनहरु बजारमा ल्याएको जानकारी दिएको छ ।

डेलले एक्सपीएस १३, एलाइनवेयर १५ तथा १७, डेल इन्पीरेशन ५००० ल्यापटप तथा विश्वकै सबैभन्दा पातलो दाबी गरिएको भेन्यू ८ ट्याबलेट पनि लन्च गरेको छ । यी नयाँ उत्पादनहरुको साथै कम्पनीले भारतमा एक्सपीएस, एलाइनवेयर, इन्पीरोन तथा ट्याबलेटको विभिन्न संस्करण सार्वजनिक गरेको हो ।

इन्पीरेशन ५००० को शुरुवाती मूल्य भारु ३९, ९०० तोकेको छ भने एक्सपीएस १३ को शुरुवाती मूल्य ७०,००० भारु तोकेको छ ।dsc05208-1380714276

त्यसैगरी एलाइनवेयर १५ तथा १७ को मूल्य क्रमशः १,२५, ९९० तथा १,४५,९९० भारु तोकिएको छ । भेन्यू ८ को ७००० सीरीजको ट्याबलेटको बिक्री भने जुलाईदेखि मात्र शुरु हुनेछ । कम्पनीले यो ट्याबलेटको मूल्य ३४,९९९ रुपैंया तोकेको छ ।

यी उत्पादनहरुको सार्वजनिकीकरण कार्यक्रममा डेलका उपभोक्ता उत्पादन बितरणका उपाध्यक्ष रे वाहले भने, ‘हामी यस्ता उत्पादनहरु डिजाइन गर्दै छौं जुन पातलो तथा हलुका छन् । यसको ब्याट्री लाइफ आकर्षक छ । यसको स्टाईल तथा परफरमेन्स, सर्भिस तथा सफ्टवेयरको आवश्यकता डेलमा मात्र ग्राहकले पाउनेछन् ‘

डेलले ल्याएको यो ट्याबलेट ६ मिलिमिटर मोटाईको मात्र रहेको छ । यो ट्याब एन्ड्रोयडको ललीपप ५.० अपरेटिंग सिष्टममा आधारित रहेको छ भने यो पातलो आल्मोनियमबाट निर्मित छ ।

डेलको ट्याब भेन्यू ८ ८.४ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन २५६० ह १६०० पीक्सेल रहेको छ । ८ मेगापीक्सेलको रियर क्यामरा तथा २ मेगापीक्सेलको फ्रन्ट क्यामरा रहेको यो ट्याबलेटमा ५,९०० एमएएच ब्याट्री रहेको छ ।

डेलको यो ट्याबलेटमा २ जीबी र्याम तथा १६ जीबी र ३२ जीबीको दुई अप्शनमा आन्तरिक स्टोरेज छ जसलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

easy care

प्रकाशित: २८ जेष्ठ २०७२, बिहीबार