जियोनीको २४ मेगापिक्सेल क्यामरासहितको ईलाइफ इ८ तथा उच्च ब्याट्री क्षमताको एम५ सार्वजनिक

Technology Khabar २८ जेष्ठ २०७२, बिहीबार

जियोनीको २४ मेगापिक्सेल क्यामरासहितको ईलाइफ इ८ तथा उच्च ब्याट्री क्षमताको एम५ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २८ जेठ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले आफ्नो नयाँ स्मार्टफोन ईलाइफ इ८ तथा म्याराथून एम५ सार्वजनिक गरेको छ । बेजिंगको यूनिर्भसल एटिभ पार्कमा आयोजित एक कार्यक्रममा जियोनीक ग्रुपका पे्रसिडेन्ट विलियम यू तथा चेयरम्यान लियू ली रोंग उपस्थितीमा नयाँ स्मार्टफोन सार्वजनिक गरिएको हो ।

कम्पनीले ल्याएको ईलाइफ इ८ फोटोग्राफीका लागि केन्द्रित फोन हो भने म्याराथून एम५ उच्च ब्याट्री क्षमतामा केन्द्रित रहेको छ ।gionee-elife-e8_1_1433940

ईलाइफ इ८ (Elife E8)

जियोनीको ईलाइफ ई८ मा ६ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ, जसमा ४९० पिक्सेल डेन्सिटि रहेको छ । यसमा भिभिड कलरको लागि अमोलेड प्यानलको प्रयोग गरिएको छ ।

मिडियाटेक हेलियो एक्स १० चीपसेट प्रयोग भएको यो स्मार्टफोनमा ६४ बिटको २ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा ३ जीबीको र्याम छ भने ६४ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यसको स्टोरेजलाई १२० जीबीसम्म बढाउन सकिन्छ ।

यो फोन फोटोग्राफीको लागि प्रयोग गर्न सकिने कम्पनीको भनाई छ । जसमा २४ मेगापिक्सेलको मूख्य क्यामरा राखिएको छ, जुन अहिले बजारमा भएका मूख्य स्मार्टफोनहरुमध्येको सबैभन्दा धेरै मेगापिक्सेल हो । यसमा राखिएको सफ्टवेयरले गर्दा यो क्यामराले खिचेको फोटाो १२० मेगापिक्सेलको बराबर भएको कम्पनीको दाबी छ ।gionee-elife-e8_0_1433940

क्यामराको एप्स खोल्न ०.८ सेकेण्ड मात्र लाग्ने छ भने अटोफोकसका लागि ०.०८ सेकेण्डदेखि ०.२ सेकेण्डसम्म मात्र लाग्ने जियोनीको दाबी छ । यसको क्यामरामा सिक्स एलिमेन्ट लेन्स प्रयोग गरिएको छ । त्यस्तै यसमा दुईवटा एलईडी फ्ल्याश, लूजलेश जूम तथा फोर के भिडियो रेकडिंग गर्ने क्षमता रहेको छ । यसमा भएको अप्टिकल इमजे स्टेबलाइजेशनले १.५ डिग्रि एंगलसम्मको हल्लिएको फोटोलाई ठिक पार्दछ ।gionee_elife_e8

ईलाइफ इ८ मा फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने यसको ब्याट्री ३,५०० एमएएचको छ ।

म्याराथून एम५ (Marathon M5)

कम्पनीले ल्याएको अर्को स्मार्टफोन म्याराथून एम ५ हो । कम्पनीको भनाईमा स्मार्टफोनहरुको मूख्य समस्या रहेको ब्याट्री लाईफ हो जसलाई कम्पनीले पेन प्वाइन्ट भनेको छ जसलाई सम्बोधन गर्न सक्दछ । यो मामलामा अन्य कम्पनीले रिप्लेसेबल ब्याट्री वा फास्ट चार्जिंगमा ध्यान दिन्छन भने जियोनी भने यसमा केहि फरक देखिएको छ ।M5

यो फोनमा दुईवटा ब्याट्री राखिएको छ, जसमध्ये एककोे क्षमता ३,०१० एमएएच हो भने दुबै मिलाएर ६,०२० एमएएच क्षमता हुन्छ । त्यस्तै यसमा फास्ट चार्जिंग सपोर्ट गर्दछ भने ड्यूल चार्जिंग चीप्सको प्रयोग गरिएको छ, जसले दुबै ब्याट्रीलाई एकै पटक चार्ज गर्दछ । यसमा भएको ब्याट्री चार्जिंगको सिष्टम ओप्पोको भिओओसी कन्सेप्टमा भएजस्तै छ ।

म्याराथून एम ५ मा ब्याकग्राउण्ड एप म्यानेजमेन्ट तथा स्मार्ट पावर कन्जम्पसन म्यानेजमेन्टका लागि केहि सफ्टवेयर समेत प्रयोग गरिएको छ । यी सबै हेर्दा म्याराथून एम ५ निरन्तर प्रयोग गर्दा पनि चारदिनसम्म प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोनमा दुईवटा ब्याट्री राख्दा पनि कम्पनीले यसको मोटाईलाई निकै ध्यान दिँदै ८.५ एमएममा कायम गर्न सफल भएको छ ।Gionee-Marathon-M5

यो स्मार्टफोन मिडरेन्जको डिभाइस हो । यसमा ५.५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ, जुन प्रविधिको हिसाबले उत्कृष्ट नभएपनि कम उर्जा खपत गर्दछ । एम ५ मा १.३ गीगाजर्हको क्वाड कोर प्रोसेसर रहेको छ । यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

दुई सीम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा माइक्रो एसडी कार्ड पनि प्रयोग पनि प्रयोग गर्न सकिन्छ । तर एसडी कार्ड प्रयोग गर्दा भने एउटा सिम मात्र फोनमा प्रयोग गर्न सकिनेछ ।

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने एन्ड्रोयडको ललीपप ५.१ मा आधारित रहेको छ ।

कम्पनीले ईलाइफ इ ८ को मूल्य ३,९,९९ यूआन अर्थात ६,४५ अमेरिकी डलर तथा म्याराथून एम ५ को मूल्य २, २९९ यूआन अर्थात ३,७० डलर तोकिएको छ । म्याराथून एम ५ जुन २५ तारिखदेखि तथा ईलाइफ इ ८ जुलाई १५ देखि विश्व बजारमा आउनेछ । एजेन्सीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: २८ जेष्ठ २०७२, बिहीबार

ताजा समाचार