स्लो स्मार्टफोन वा ट्याबलेटलाई यसरी स्मार्ट बनाउनुहोस्

Technology Khabar २७ जेष्ठ २०७२, बुधबार

स्लो स्मार्टफोन वा ट्याबलेटलाई यसरी स्मार्ट बनाउनुहोस्

काठमाडौं ।

काठमाडौं, २६ जेठ । धेरै स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोन प्रयोग गर्दा निकै ढिलो चल्ने गरेको गुनासो गर्ने गर्दछन् । तपाईँले प्रयोग गरेको स्मार्टफोन स्लो हुनुको विभिन्न कारणहरु हुनसक्दछन् ।

स्मार्टफोनलाई छिटो खुल्ने र चाहे अनुसार प्रयोग गर्नको लागि प्रयोगकर्ताले आफैंले विभिन्न तरिकाबाट केहि समयमा समस्या समाधान गर्न सक्दछन् । हेरौं केहि यस्ता विषय जसले तपाईँको स्मार्टफोनको समस्यालाई समाधान गर्न सक्दछ ।

स्मार्टफोन तथा ट्याबलेटलाई स्मार्ट बनाउनका लागि त्यसमा स्टोरेजको लागि पुरा स्थान हुनु आवश्यक छ । यी विषयहरुलाई ध्यान दिँदा केहि समयमा नै तपाईँले आफ्नो स्मार्टफोन तथा ट्याबलेटमा सँधै खाली स्टोरेज बनाउन सक्नुहुनेछ ।

१. अनावश्यक एप्स डिलिट गर्नुहोस्

यदि तपाईँको स्मार्टफोन वा ट्याबलेटमा नचाहिएका एप्स छन् भने तीनिहरुलाई हटाउनुहोस् । केहि दिनको अन्तरमा तपाईँले कुन एप प्रयोग गरिरहनुभएको छ र कुन छैन् भन्ने हेरेर अनावश्यक वा कम प्रयोगमा रहेको एप्सलाई डिलिट गर्नुहोस् । किनकी यी एप्स प्ले स्टोरबाट पटक पटक डाउनलोड गर्न सकिन्छ । यदि तपाईँको मोबाइल खरिद गर्दाको समयमा नै तपाईँलाई नचाहिने एप्स राखिएका छन भने पनि ती एप्सलाई हटाउन सकिन्छ ।

यसको लागि तपाईँले मोबाइलको सेटिंगको एप्समा छनौट गर्नुहोस् । त्यसपछि डाउनलोड, एसडी कार्ड, रनिंग र अल भन्ने अप्सन आउँछ, त्यसमध्ये अलमा गएर आफुलाई अनावश्यक लागेको एप्स अनस्टल (डिलिट) गर्न सकिन्छ ।Slow 1

२. नचाहिने फोटो डिलिट गर्नुहोस्

पुरानो फोटो तथा भिडियोहरु सँधै डिलिट गर्ने बानी बसाल्नुहोस् । अनावश्यक फोटोहरुले पनि तपाईँको स्मार्टफोन वा ट्याबलेटको स्टोरेज अनावश्यकरुपमा ओगटिरहेको हुन्छ । त्यसैले ती फोटोहरु या कुनै अन्य स्टोरेजमा सार्नुहोस वा त्यसलाई डिलिट गर्नुहोस् । त्यस्तै ह्वाट्स एप, म्यासेन्जर वा विभिन्न च्याट एपको माध्यमबाट आउने फोटोहरु जसलाई एक पटक हेरोपछि कुनै काम हुँदैन त्यसलाई डिलिट गर्नुहोस् ।slow 2

३. गीतलाई म्यूजिक स्ट्रीमिंगमा मात्र राख्नुहोस्

तपाईँको डिभाइसमा भएका गीत संगितहरुलाई म्यूजिक स्ट्रीमिंग एपमा मात्र राख्नुहोस् । स्टोरमा विभिन्न यस्ता एपछन जसमा तपाईँले आफ्नो मन पर्ने प्लेलिस्ट बनाउन सक्नुहुनेछ । त्यसपछि फोनको मेमोरीमा अधिक क्षमताका म्यूजिक फाइलहरु राख्नु आवश्यक पर्नेछैन् ।slow 5

४. भिडियो फाइललाई आवश्यक भएमात्र सेभ गर्नुहोस्

भिडियो फाइलहरुले निकै स्थान ओगट्ने गर्दछन्  । भिडियो फाइलहरुलाई मेमोरीमा राख्नु आवश्यक छैन् । अति जरुरी बाहेकका भिडियोहरुलाई डिलिट गर्नुहोस वा अन्य ठूला स्टोरेजमा राख्नुहोस् । यसको लागि तपाईँले क्लाउड स्टोरेज पनि प्रयोग गर्न सक्नुहुनेछ । हाल विभिन्न कम्पनीले निशुल्क क्लाउड स्टोरेज सेवा दिने गरेका छन् ।slow 3

५. डाउनलोड डाइरेक्टरी र केश मेमोरी चेक गर्नुहोस्

आफ्नो डाउनलोड डाइरेक्टरी तथा केश मेमोरी चेक निरन्तर चेक गर्ने गर्नुहोस् । डाइरेक्टरीले डिभाइसमा भएको फाइलको साइजको बारेमा जानकारी दिन्छ, निकै ठूला साइजका फाइलहरु डिलिट भएपछि अधिक स्टोरेज थपिने हुँदा डिभाइस प्रयोगमा सजिलो हुन्छ ।slow 6

६. होम स्क्रीन फ्री गर्नुहोस्

होम स्क्रीनमा कम भन्दा कम एप राख्नुहोस् । होम स्क्रीनलाई सफा बनाउन कयौं एप उपलब्ध छन् जसले तपाईँको स्मार्टफोन वा ट्याबलेटलाई केहि सेकेण्डमा नै सफा गर्दछन् । उदाहरणको लागि एन्ड्रोयडमा क्लीन मास्टर तथा एप्पलका लागि ब्याट्री डाक्टर एप ।slow 4

७. ब्राण्डेड मोबाइल र र्याम तथा स्टोरेज क्षमता हेरेर मात्र खरिद गर्नुहोस्

स्मार्टफोन वा ट्याबलेट किन्दा जहिले पनि ब्राण्डको बारेमा सचेत हुनुहोस् । सस्तो मूल्यमा पाईयो भन्दैमा गुणस्तरहीन सामाग्रीले निकै दुख दिनेछ । फोन वा ट्याबलेट खरिद गर्दा त्यसमा भएको र्याम र स्टोरेज क्षमताको बारेमा पनि सोधखोज गर्नुहोस् । आफुलाई कति क्षमताको र्याम चाहिन्छ र स्टोरेज कति आवश्यक हुन्छ सोहि आधारमा मात्र कुनै डिभाइस खरिद गर्नुहोस् । त्यस्तै त्यो डिभाइसको प्रोसेसरको बारेमा पनि जानकारी लिनुहोस् ।

यदि तपाईले यी माथि उल्लेखित केहि सामान्य विषयमा ध्यान दिनुभयो भनेपनि तपाईँको स्मार्ट डिभाइस स्मार्ट रहन्छ । जसले गर्दा स्मार्टफोन वा ट्याबलेट प्रयोग गर्दा कुनै समस्या आउने वा ह्यांग हुने समस्या हुँदैन भने तपाईँलाई चाहिएका सामाग्रीहरु पनि डाउनलोड वा अपलोड गर्न सक्नुहुनेछ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: २७ जेष्ठ २०७२, बुधबार