Technology Khabar २७ जेष्ठ २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ जेठ । यूएईको सबैभन्दा ठुलो मनि एक्सचेन्ज अल अन्सारी एक्सचेन्ज र प्रभू मनि ट्रान्सफरबीच रेमिट्यान्स संझौता भएको छ । उक्त संझौतामा अल अन्सारीका तर्फबाट महाप्रबन्धक रसीध ए अल अन्सारी तथा प्रभू मनि ट्रान्सफरका तर्फबाट उपाध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् ।
संझौता अनुसार अन्सारी एक्सचेन्जका यूएईमा रहेका १ सय ५५ वटै शाखाबाट कुनै पनि ठाउँमा प्रभू मनि ट्रान्सफर मार्फत रकम पठाउन सकिने छ । प्रभूको यूएइमा यो १८ औं संजाल हो । यस अघि त्यहाँस्थित १७ वटा रेमिट्यान्स कम्पनिबाट प्रभू मनि ट्रान्सफरले नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।
बैदेशिक रोजगारमा गएका नेपालीहरुमध्ये यूएईमा धेरै नेपाली कार्यरत छन् । यस संझौतापछि त्यहाँ रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स रकम पठाउन अझै सहजीकरण हुने भएको छ । प्रभू मनि ट्रान्सफरबाट नेपालका कुनै पनि जिल्ला र ग्रामिण भेगमा रहेका सहकारीहरुमार्फत पनि रेमिट्यान्स कारोवार हुँदै आएको छ ।
पछिल्लो समय ग्रामिण भेगमा सहकारीहरुले रेमिट्यान्सको काम गर्दै आएका छन् । यो संझौतापछि यूएइमा रहेका नेपालीहरुले अल अन्सारी एक्सचेन्जबाट प्रभू मनि ट्रान्सफर मार्फत विना झन्झट सजिलै रेमिट्यान्स पठाउन सक्ने छन् ।
प्रकाशित: २७ जेष्ठ २०७२, बुधबार