सेञ्चुरी बैँकको दुई नयाँ मुद्धती खाता

Technology Khabar २६ जेष्ठ २०७२, मंगलवार

सेञ्चुरी बैँकको दुई नयाँ मुद्धती खाता

काठमाडौं ।

काठमाडौं, २६ जेठ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै दुईवटा नयाँ मुद्धती खाता ल्याएको छ ।

सो अन्तर्गत बैंकले १०० दिने मुद्धती खातामा ७ % व्याज र १ वर्षे मुद्धतीमा ७.५ % व्याज प्रदान गर्नेछ । सो मुद्धती खातामा क्रमश रु. ५,००,०००/- र रु. १०,०००/– न्यूनतम मौज्दात तोकेको जानकारी दिएको छ ।

आ.व. २०७१/७२ को चैत मसान्तसम्म यस बैंकले कुल निक्षेप रु.२३.४२ अर्व र कर्जा रकम रु. २०.०७ अर्व परिचालन गरी रु. २०.९१ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २५ वटा ब्त्ः, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Sajilo Visa

प्रकाशित: २६ जेष्ठ २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार