Technology Khabar २६ जेष्ठ २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २६ जेठ । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सोमबार सान् फ्रान्सिस्कोमा आयोजिक एक कार्यक्रममा नयाँ अपरेटिंग सिष्टम घोषणा गरेको छ । एप्पलले नयाँ अपरेटिंग सिष्टम आईओएस नाईन (iOS 9) को घोषणा गरेको हो ।
कम्पनीले यो नयाँ अपरेटिंग सिष्टमको माध्यमबाट आफ्ना उत्पादनहरुलाई पहिलेको भन्दा धेरै स्मार्ट तथा शशक्त बनाउने बताएको छ ।
नयाँ अपरेटिंग सिष्टम आईओएस नाईन सन् २०१५ भित्रै सार्वजनिक गरिनेछ । यो एप्पलको सबै आईफोन तथा आईप्याडहरुमा उपलब्ध हुनेछ, जसमा हाल आईओएस एट प्रयोग गरिरहेको छ ।यसको बेटा भर्सन आगामी महिनामा उपलब्ध हुनेछ भने यसलाई यहि मनसुनको अवधिभित्रै सिमितरुपमा निशुल्क अपटेड गर्न सकिने बताईएको छ ।
कम्पनीले नयाँ ओएसको घोषणाका साथै आईओएस नाईनले हालका अपरेटिंग सिष्टमभन्दा तीन गुणा कम स्थान लिने स्पष्ट पारेको छ । एप्पलले आईओएस नाईनको घोषणाका साथै एक नयाँ म्यूजिक एप्लिकेशन तथा नयाँ एप्लिकेन एप्पल वाच पनि लन्च गरेको छ ।
यो अपरेटिंग सिष्टम आईप्याड २ तथा यसपछि आएका प्याडहरु, तथा पाचौ संस्करणको आईपडका साथसाथै आईप्याड मिनीको सबै मोडलहरुमा उपलब्ध हुनेछ ।
के छ त विशेषताहरु
पहिले भन्दा थप सर्च फीचरहरु
एप्पलको अपडेटेड आईओएस नाईन अपरेटिंग सिष्टममा सर्चलाई पहिले भन्दा उत्कृष्ट बनाईएको छ । नयाँ सर्च फीचरको मद्धतबाट प्रयोगकर्ताले रिलेभेन्ट कन्टेक्ट, सजेस्टेड एप्लिकेशन, वरपरका महत्वपूर्ण स्थान, र आफ्नो स्थानीय समाचारहरुलाई प्राथमिकताको आधारमा सर्च गर्न सक्नेछन् । यसको लागि आईओएस नाईनमा होम स्क्रीनमा नै सर्चको अप्शन दिईएको छ ।
अपग्रेडेट सेक्यूरिटी सिष्टम
सेक्यूरिटीको विषयमा नयाँ आईओएस नाईन पहिलेका अपरेटिंग सिष्टम भन्दा निकै राम्रो छ । यदि तपाईँले फोन बिजनेस उदेश्यका लागि प्रयोग गर्नुहुन्छ भने आईओएसले निकै राम्रो अनुभव दिनेछ । आईओएस नाईन अपडेटपछि स्मार्टफोनमा भएका डाटाहरुको बारेमा ढुक्क हुनसकिन्छ ।
मल्टिटास्कींग फीचर
आईओएस नाईन अपडेटका साथ आईप्याडमा प्रयोगकर्ताले दुईवटा एप्लिकेशन एकै पटक प्रयोग गर्न सक्नेछ । यो ड्रयाग एण्ड ड्रपको जसरी प्रयोग गर्न सकिनेछ । यो फीचरलाई आफ्नो आईप्याडमा ५०ः ५० अथवा ७०ः३० को फम्र्याटमा प्रयोग गर्न सकिन्छ । यो फीचर आईप्याड एयर २, एयर, मिनी ३ तथा मिनी २ मा मात्रै प्रयोग गर्न सकिन्छ ।
एप्पल म्याप्स
नयाँ ओएसका साथमा एप्पलले म्याप्सको फीचरलाई पनि आकर्षक बनाएको छ । कम्पनीले यो गूगल म्याप्सभन्दा ३.५ गुणा राम्रो काम गर्ने दाबी गरेको छ । यसको मद्धतबाट तपाईँले आफ्नो डेस्टिनेशनसम्मको बाटो सहजरुपमा पत्ता लगाउन सक्नुहुनेछ । यसका साथै तपाईँले एप्पल म्याप्सको सहयोगमा आफ्नो नजिकको सिनेमा हल, रेस्टुरेन्टलगायतका विभिन्न ठाउँहरुको जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
लो पावर मोड
एप्पलले आईओएस नाईनका साथमा एक नयाँ फीचर लो पावर मोड पनि लन्च गरेको छ । यसको सहयोगबाट प्रयोगकर्ताले स्मार्टफोनको ब्याट्री लाइफ ३ घण्टासम्म बढाउन सकिन्छ । यो फीचरलाई अन गरेपछि प्रयोकर्ताको आईफोनको ब्राइनटेन कम हुनेछ ।
सीरीद्धारा रिमाइण्डर
एप्पलले नयाँ सिष्टममा सीरी फीचरलाई पनि एक्सपेण्ड गरेको छ । सीरी फीचरबाट तपाईँले आफ्नो कुनै कामका लागि पनि रिमाइण्डर गर्न सक्नुहुनेछ । यसको लागि केबल सीरीलाई रिमाइण्ड मी एबाउट दिस कमाण्ड दिनुपर्नेछ । यसपछि तपाईँले कुनै कामका लागि रिमाण्डर लगाउन सक्नुहुनेछ । सीरीको मद्धतबाट कुनैपनि लोकेशन (स्थान) को विशेष रिमाइण्डर पनि गर्न सकिनेछ ।
क्विक टाइप किबोर्ड
आईओएस नाईनका साथमा एप्पलले टाइप बोर्डपनि सार्वजनिक गरेको छ । यसमा बिल्ट इन शर्टकट बार छ जसको सहयोगबाट प्रयोगकर्ताले कट, कपी, पेष्ट तथा टेक्स्टलाई फम्र्याट पनि गर्न सक्नेछ । यसका साथै प्रयोगकर्ताले लेखेको टेक्सलाई सहजरुपमा सेलेक्ट पनि गर्न सक्नेछ । यसको लागि तपाईँले टेक्स्टमा आफ्नो औंलाको सहयोगले टेक्स्टलाई होल्ड गरेर ड्याग गर्न सकिनेछ ।
पिक्चर इन पिक्चर
यो ओएसमा पिक्चर इन पिक्चर मोड नामक फीचर पनि राखिएको छ । यो मोडको सहयोगबाट यदि तपाईँ कुनै भिडियो हेरिरहनुभएको छ भने त्यो एप्लिकेशनलाई छोडेपछि पनि स्क्रीनमा सानो पप अपमा त्यो भिडियोलाई हेर्न सकिन्छ । यसका साथै यसलाई प्ले, पज, म्याक्सिमाइज, लगायतका नियन्त्रण पनि गर्न सक्नुहुनेछ ।
यसबाहेक पनि एप्पलको नयाँ ओएसमा विभिन्न फीचरहरु समावेश गरिएका छन् । यसमा एप्पल पेमा निकै परिवर्तन गरिएको छ, जसमा धेरै बैंकहरुको नाम, क्रेडिट कार्ड तथा लोयल्टी कार्ड सपोर्टलाई पनि राखिएको छ । यो ओएसको लुकमा पनि केहि परिवर्तन हुनेछ । यसमा नयाँ फन्ट हुनेछ, यो अधिकमात्रामा एप्पल वाचको फन्टसँग मेल खान्छ । त्यसैगरी कारप्ले तथा होमकीट सर्भिसमा पनि पहिलेको भन्दा निकै सुधार गरेको छ । एजेन्सीको सहयोगमा
प्रकाशित: २६ जेष्ठ २०७२, मंगलवार