टोयोटा इटियोस क्रसको डिजल भर्सन नेपाली बजारमा

Technology Khabar २६ जेष्ठ २०७२, मंगलवार

टोयोटा इटियोस क्रसको डिजल भर्सन नेपाली बजारमा

काठमाडौं ।

काठमाडौ, २६ जेठ । नेपालका लागि टोयोटा गाडीहरुको आधिकारिक वितरक यूनाईटेड ट्रेडर्स सिण्डिकेटले टोयोटा इटियोस क्रसको डिजल भर्सन नेपाली बजारमा ल्याएको छ ।

इटियोस क्रस १३६४ सीसीको साधारण रेल डिजल इन्जेक्शन प्रणाली तथा ५ स्पीड म्यानूअल गियरबक्स छ । यो गाडीले राजमार्गमा २३.५९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । इटियोसमा ठूलो क्याविन स्पेस रहेको छ जसले पाँच जना व्यक्तिहरुलाई आरामसँग बस्न सकिने कम्पनीले जनाएको छ । toyota-etios-cross-india-interior-627x470

राम्रो ग्राउण्ड क्लियरेन्स तथा १५ इन्चको ट्यूबलेस टायर भएको यो गाडी लामो दूरीको यात्रा तथा रोमान्चक यात्राको लागी उपयुक्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४५ लिटरको इन्धन ट्यांकी रहेको गाडीमा पछाडी २ सय ५१ लिटर क्षमताको सामाग्री राख्न सकिनेछ । गाडीमा मल्टिफंग्सन इलेक्ट्रिोनिक पावर स्टेयरिङ, पावर विण्डो विथ ड्राइभर साईड अटो डाउन, कूल्ड ग्लोब्स बक्स यूनिट, फ्रन्ट पावर आउटलेट्स, टाकोमिटर, डिजिटल ट्रिप मिटर, एयर कन्डिसन विथ हिटर, क्लिन एयर फिल्टर लगायतका विशेषता रहेको कम्पनीको दाबी छ ।

इटियोसमा इन्जिन ईमोबिलाइजर, एयरब्याग, इम्प्याक्ट एब्जोर्बिंग बडी, रियर डिफोगर, सेन्ट्रल लकिङ सिष्टम, एडभान्स एन्टि लक ब्रेकिङ सिष्टम, एकोम्प्यानिड विथ इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्यूशन रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ जेष्ठ २०७२, मंगलवार