प्रयोगकर्ताको रकम र कार्डको सुरक्षा गर्ने ‘स्मार्ट वालेट’ !

Technology Khabar २४ जेष्ठ २०७२, आईतवार

प्रयोगकर्ताको रकम र कार्डको सुरक्षा गर्ने ‘स्मार्ट वालेट’ !

काठमाडौं ।

काठमाडौं, २४ जेठ । पछिल्लो समय स्मार्ट प्रविधिको विकास द्रूत गतिमा भईरहेको छ भने विभिन्न स्मार्ट डिभाइसहरुको आविश्कार दिनप्रतिदिन भईरहेको छ ।

विश्वमा विभिन्न कम्पनीहरुले हरेक वर्ष नयाँ प्रविधिका डिभाइसहरु ल्याईरहेका छन् । यहि मेसोमा चीनियाँ कम्पनी बैदू (Baidu) ले नयाँ प्रविधि ल्याउने तयारी गरिरहेको छ । बैदूले स्मार्ट प्रविधिमा आधारित स्मार्ट वालेट (पर्स, मनी व्याग) ल्याउने तयारी गरेको हो ।

कम्पनीले पेटेन्ट दर्ताको लागि दिएको आवेदनअनुसार स्मार्ट वालेट परम्परागत वालेट जस्तै डिजाइनमा हुनेछ तर यसमा विभिन्न किसिमका सुरक्षाका उपायहरु भने राखिएका छन् । यो वालेटमा हराउने, चोरी हुने वा धोकाधडी हुनबाट बचाउन सेक्यूरिटी फीचरर्स राखिएका छन् । baidu-smart-wallet-patent-leak-01

यो वालेट जीपीएस तथा सेन्सेर मोड्यूल्सयुक्त हुनेछ भने माइक्रो कम्प्यूटर पनि हुनेछ, जसले स्मार्टफोनसँग त्यो हराएमा स्थानको जानकारी दिन तथा चोरी अलार्मका लागि कार्य गर्नेछ । यो वालेटले यसमा भएको बैंक कार्ड, आईडीहरुजस्ता सामाग्री वा डाटालाई सुरक्षा गर्नको लागि रिमोट कमाण्डको आधारमा ‘सेल्फ डिस्ट्रक्ट’ गर्न सक्नेछ ।

पेटेन्ट आवेदनका अनुसार वैदू स्मार्ट वालेटमा बायोमेट्रिक सुरक्षा प्रविधि जस्तै फींगर प्रिन्ट रिकोग्निशन, भ्वाईस रिकोग्निशन, तथा आईरिस रिकोग्निशन पनि जडित हुनेछ, जसले वालेट खोल्नबाट सुरक्षित पार्दछ । त्यस्तै यो प्रविधिले विल्ट ईन पेमेन्ट आरएफआईडी (RFID) को दुरुपयोग गर्नबाट पनि बचाउँछ ।

यदि यसका बाबजुद पनि कसैले स्मार्ट वालेट जर्बदस्ती खोल्न खोजेमा यसलाई रंगको स्प्रेका साथै यसमा भएको म्याग्नेटिक फिल्डलाई हटाउँछ ।

यस बाहेक धेरै फीचसहरु बैदूले ल्याउन लागेको स्मार्टफोनको आवेदनमा उल्लेख छ । यस्ता फीचरहरु अलि असंभव र अनौठा जस्ता लागेपनि आजको नविन प्रविधिको समयमा कम्पनीले आफ्नो स्मार्ट वालेट ल्याउन सक्दछ । तर यो स्मार्ट वालेट कस्तो हुन्छ त्यो हेर्न भने केहि समय कुर्नै पर्दछ । एजेन्सीको सहयोगमा

Sajilo Visa

प्रकाशित: २४ जेष्ठ २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार