शियोमीले ल्यायो नयाँ प्रविधिसहितको नाइट भिजन क्यामरा

Technology Khabar २४ जेष्ठ २०७२, आईतवार

शियोमीले ल्यायो नयाँ प्रविधिसहितको नाइट भिजन क्यामरा

काठमाडौं ।

काठमाडौं, २४ जेठ । चीनियाँ स्मार्टफोन कम्पनी शिओमीले नयाँ प्रोडक्ट लन्च गरेको छ । शिओमीले चीनमा वाईआई (Yi) क्यामरा नाइट भिजन एडिशन लन्च गरेको छ ।

कम्पनीले शुक्रबार चीनमा लन्च गरेको यो नाइट भिजन एडिशनको क्यामरा कम्पनीको वेबसाइटमा बिक्रीका लागि उपलब्ध गराएको छ । शिओमीले बजारमा ल्याएको यो तेस्रो क्यामरा उत्पादन हो भने पहिलो नाइट भिजनसहितको क्यामरा हो ।

शिओमीको वाईआई क्यामरा नाइट भिजन एडिशनमा ९४० एमएमको इन्फ्रारेड क्यामरा सेन्सर राखिएको छ, जसको मद्धतले डिभाइसले कुनै अप्राकृतिक लाइटजस्तै काम गर्नेछ । यो क्यामरामा लाइट नभएपनि ५ मीटरसम्म हेर्न सक्नेछ ।xiaomi-camera_2_143348378

शिओमीको यो क्यामरा फोर एक्स अप्टिकल जूम फीचरका साथमा आउँछ । यो क्यामराले ९२.७ डिग्री होरिजन्टल, ४८.७ डिग्री भर्टिकल तथा १११.२ डिग्री डायग्नोल भ्यू एंगल लिन्छ ।

यो क्यामरामा इमेज स्न्यापशट्स जस्तो फीचर पनि छ । यो क्यामराले एचडी भिडियो रेकर्डिंग गर्न सक्दछ । यसका साथै यसले वाईफाईद्धारा प्रत्यक्ष प्रशारण पनि गर्न सक्दछ ।

माइक्रो एसडी कार्ड स्लटको साथमा आउने यो क्यामरामा ३२ जीबीसम्म मेमोरी राख्न सकिन्छ । एन्ड्रोयडको जिन्जरब्रेड २.३ भर्सनभन्दा माथि वा आईओएस ७.० भन्दा माथिको भर्सनमा क्यामराको साथमा आउने एपले काम गर्दछ ।

शियोमीको नयाँ क्यामराको मूल्य १४९ यूआन तोकिएको छ । एजेन्सी

easy care

प्रकाशित: २४ जेष्ठ २०७२, आईतवार