Technology Khabar २४ जेष्ठ २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २४ जेठ । माइक्रोम्याक्सले फोर जी सपोर्ट गर्ने स्मार्टफोन बजारमा आफ्नो पाईला चालेको छ । कम्पनीले पहिलो पटक फोरजी श्रेणीको स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको छ ।
माइक्रोम्याक्सले पहिलो पटक फोरजी स्मार्टफोन क्यानभास नाइट २ भारतीय बजारमा लन्च गरेको हो ।
दुई सिम प्रयोग गर्न मिल्ने यो स्मार्टफोनमा गोरिल्ला ३ ग्लासद्धारा प्रोटेक्ट गरिएको छ । यो स्मार्टफोनमो सोनीको आईएमएक्स २१४ सीमेन्स सेन्सर तथा लार्गन ५ एलिमेन्ट लेन्स प्रयोग गरिएको छ । यो लेन्सले पिक्चर क्वालिटीलाई उत्कृष्ट बनाउने बताईएको छ ।
माइक्रोम्याक्सको क्यानभास नाइट २ मा ५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ ।
यो स्मार्टफोनमा १.५ गीगाहर्जको क्वाल कम स्न्यापड्रायगन ६१५ अक्टा कोर प्रोसेसर प्रयोग गरिएको छ ।
क्यानभास नाइट २ मा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको ओम्नीभिजन ओभी५६४८ सेन्सर तथा ४ एलिमेन्ट लेन्सहितको फ्रन्ट क्यामरा राखिएको छ ।
२ जीबी र्याम भएको यो स्मार्टफोनमा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
एन्ड्रोयडको ललीपप ५.० मा आधारित यो स्मार्टफोनमा २,२३० एमएएचको ब्याट्री छ । यो फोनमा उत्कृष्ट अडियो साउण्डको लागि साइरस लजीक वल्फसन स्टेरियो डब्लूएम८९९८ मोबाइल चीपसेट राखिएको छ ।
माइक्रोम्याक्सले यो स्मार्टफोनको बजार मूल्य २ सय ६० अमेरिकी डलर तोकेको छ भने यो फोन जून १० तारिखदेखि मात्र बजारमा उपलब्ध हुनेछ । एजेन्सी
प्रकाशित: २४ जेष्ठ २०७२, आईतवार