सुस्तगतिको नेटवर्कका लागि ‘फेसबुक लाइट’ आयो

Technology Khabar २२ जेष्ठ २०७२, शुक्रबार

सुस्तगतिको नेटवर्कका लागि ‘फेसबुक लाइट’ आयो

काठमाडौं ।

काठमाडौं, २२ जेठ । सोसल नेटवर्किंग साइट फेसबुकले सुस्तगतिको मोबाइल नेटवर्कका लागि उपयोगी हुने गरि नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ ।

सुस्तगतिको नेटवर्कमा कुनै अवरोधबिना फेसबुक चलाउनको लागि नयाँ एप ल्याएको हो । फेसबुकले ल्याएको यो नयाँ एपको नाम ‘फेसबुक लाइट’ राखेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले आफ्नो एक फेसबुक पोस्टमा यो विषयको जानकारी दिएका हुन् । मार्कले अफ्नो फेसबुक पोष्टमा लेखेका छन्, हामीले फेसबुक लाइट नामको एप्लिकेशन लन्च गरेका छौं । यो एपको सहयोगबाट विश्वभरको सुस्तगतिको मोबाइल नेटवर्क तथा एन्ड्रोयड फोन यूजर्सले तिब्र गतिका साथ फेसबुकको आनन्द उठाउन सक्नेछन् ।

यसका साथै जुकरबर्गले लेखे, यो एपको साइज केबल १ एमबीभन्दा पनि कम छ भने केहि सेकेण्डमा नै डाउनलोड हुनेछ । यसमा फेसबुकमा भएका सबै सुविधाहरु जस्तै स्ट्याटस अपडेट लाईक फोटो नोटीफीकेशनलगायतका सुविधा छन् । MobilesKhabar_1

फेसबुकका अनुसार मोबाइल डिभाइसबाट करिब एक खर्ब व्यक्तिहरुले विश्वभर फेसबुक प्रयोग गर्ने गर्दछन् ।

फेसबुकले फेसबुक लाइट एक तिब्र गतिको र विश्वसनिय एप हो । सबैभन्दा कम इन्टरनेट स्पीडमा पनि यसबाट फेसबुकलाई पुरा स्पीडमा प्रयोग गर्न सकिन्छ । यो एपद्धारा इन्टरनेटको डाटा पनि खपतमा पनि कमी हुने फेसबुकले जनाएको छ ।

फेसबुकले यो एन्ड्रोयडमा आधारिक सबै फोनहरुमा प्रयोग गर्न सकिने तथा सुस्तगतिको टूजी मोबाइल नेटवर्कका लागि डिजाइन गरिएको जनाएको छ ।

फेसबुकले यो नयाँ एपलाई अहिले एशिया तथा अाउँदो केहि सातामा यूरोप, अफ्रीका, ल्याटिन अमेरिकासहित विश्वभर उपलब्ध गराएको छ । फेसबुक लाइट एप प्ले स्टोरमा उपलब्ध भईसकेको छ ।

मार्क जुकरवर्गका अनुसार विश्वभर फेसबुकद्धारा व्यक्तिहरुलाई जोड्नको लागि नयाँ टूल्स बनाईरहनेछन् । विश्वभर उत्कृष्ट इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि फेसबुक निरन्तर काम गरिरहेको छ । एजेन्सीको साथमा

easy care

प्रकाशित: २२ जेष्ठ २०७२, शुक्रबार

ताजा समाचार