Technology Khabar २१ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ जेठ । विश्वको सबैभन्दा बढि फोन बेच्ने कम्पनीको आधारमा पहिलो स्थानमा रहेको सामसुंग वेयरेबल डिभाइस (लगाउन मिल्ले किसिमका सामाग्री) को मामलामा भने निकै पछि परेको छ । वेयरेबल डिभाइसको बजार अहिले पनि नयाँ नै छ तर यो बजारमा विश्वको प्रमुख माेबाइल भेण्डर सामसुंग भने चौथो स्थानमा रहेको छ ।
यो नयाँ बजारमा चीनियाँ कम्पनी शिओमी (Xiaomi) भने वर्षको पहिलो चौमासीकमा दोस्रो स्थानमा पुग्न सफल भएको छ । शिओमीले आफ्नो विश्व बजार तिब्रगतिमा बढाउँदै वेयरेबल डिभाइस बिक्री र बजारको आधारमा दोस्रो स्थानमा पुग्न सफल भएको ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) को पछिल्लो प्रतिवेदनले उल्लेख गरेको छ । सोहि प्रतिवेदनको आधारमा वेयरेबल डिभाइसको बजारमा शिओमी भन्दा अनुभवी सामसुंग अझैपनि वर्षको पहिलो चौमासीकमा चौथो स्थानमा रहेको छ ।
आईडीसीको तथ्यांक प्रतिवेदनअनुसार यो वर्षको पहिलो चौमासीकमा वेयरेबल डिभाइसको बजारमा फीटबीट (Fibit) पहिलो स्थानमा रहेको छ । फीटबीटले पहिलो चौमासीकमा ३४.२ प्रतिशतको हिस्साका साथमा ३.९ मिलियन यूनिट ढुवानी गरेको छ भने सन् २०१५ को सोहि अवधिमा यो संख्या १.७ मिलियन यूनिट मात्र थियो ।
उता चीनियाँ कम्पनी शिओमीले यो वर्षको पहिलो चौमासीकमा २४.६ प्रतिशत बजार हिस्सा लिँदै २.८ मिलियन यूनिट ढुवानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुनैपनि वेयरेबल डिभाइस सार्वजनिक भएको थिएन ।
वेयरेबल डिभाइसको बजारमा गार्मीन (Garmin) ६.१ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा छ भने सामसुंग ५.३ प्रतिशत बजार हिस्सा सहित चौथो स्थानमा रहेको छ । त्यस्तै जाओबोन (Jawbone) ४.४ प्रतिशत सहित पाँचौं स्थानमा रहेको छ भने अन्य कम्पनीहरुको बजार हिस्सा २५.४ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार यी पाँच कम्पनीले यो वर्षको पहिलो चौमासीकको करिब ७५ प्रतिशत बजार हिस्सा ओगटेका छन् । आईडीसीका अनुसार पेबल (Pebble) तथा सोनी (Sony) नगन्य अंकको आधारमा प्रमुख पाँच कम्पनीमा पर्न असफल भए ।
आईडीसीको यो तथ्यांक एप्पलको आईवाच लन्च गर्नुभन्दाको पहिलेको हो । आईडीसीले यो वर्ष वेयरेबल डिभाइसको शिपमेन्टमा दुई सय प्रतिशतले वृद्धि हुने अनुमान पनि गरेको छ । विशेषगरी एप्पलले अप्रिलमा लन्च गरेको वेयरेबल डिभाईसले गर्दा बजार बढ्ने तथा ग्राहकहरुमा चेतना वृद्धि हुने अपेक्षा गरिएपनि कति प्रतिशतले बजारमा वृद्धि हुन्न भन्ने स्पष्ट छैन् ।
यो वेयरेबल डिभाइसको स्थानमा सबै कम्पनीहरु पछिसम्म पनि सोहि स्थानमा रहनेछन भने कुनै अपेक्षा गर्न सकिँदैन् किनकी यसको बजार नयाँ भएको र कुनैपनि नयाँ कम्पनीले द्रूतरुपमा आफ्नो नयाँ डिभाइस ल्याएर बजार लिनसक्नेछ ।
गत वर्ष चीनियाँ कम्पनी शिओमी यो सूचीमा थिएन् किनकी यसको पहिलो र निकै सस्तो वेयरेबल डिभाइस एमआई ब्याण्ड (Mi Band) त्यसबेलासम्म सार्वजनिक भएको थिए । तर अहिले कम्पनीले एशिया, अमेरिका, बेलायत, फ्रान्स र जर्मनीलगायतका मुलुकमा भएका आफ्ना स्टोरहरुमा १४.९९ अमेरिकी डलर पर्ने एमआई ब्याण्ड खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
यो वर्षको पहिलो चौमासीकमा कुल ११.४ मिलियन यूनिट डिभाइस शिपमेन्ट भएका थिए तर अघिल्लो वर्ष सोहि अवधिमा ३.४ मिलियन डिभाइस मात्र शिपमेन्ट भएका थिए ।
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार