Technology Khabar २१ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ जेठ । विभिन्न अनुमान र आंकलनकाबिच चीनको स्मार्टफोन निर्माता कम्पनी जियोनीले नयाँ ल्याउन लागेको स्मार्टफोन ई ८ (E8) तथा एम ५ (M5)को बारेमा आधिकारीक जानकारीहरु सार्वजनिक भएको छ ।
जियोनीले बेजिंगमा जून १० तारिखमा आफ्नो दुबै स्मार्टफोन सार्वजनिक गर्न लागेको छ ।
कम्पनीका प्रेसिडेण्ट विलियम लु आफैंले यी दुबै स्मार्टफोन लन्च गर्ने छन् । यसका साथै सोहि दिन नेशनल जियोग्राफीकका फोटोग्राफर फ्रित्ज हाफम्यानसँग आफ्नो सहकार्यको आधिकारीक घोषणा गर्नेछन् ।
कम्पनीले ल्याउन लागेको ई ८ स्मार्टफोनको क्यामराको बारेमा भने निकै चर्चा हुँदै आएको छ । जियोनीको ई८ स्मार्टफोनमा २३.७ मेगापिक्सेलको मूख्य क्यामरा हुनेछ । त्यसैगरी एम ५ स्मार्टफोनमा म्याराथन ६,०२० एमएएचको ब्याट्री रहनेछ । जियोनी एम ८ मा अन्य फीचरका साथै फोनको पछाडि फिंगर प्रिन्ट स्क्यानर पनि राखिनेछ ।
जियोनी ई८ मा ६ इन्चको क्यूएचडी एमोलेड डिस्प्ले रहनेछ भने यसमा २ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ । ३ जीबीको र्याम भएको यो स्मार्टफोनमा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । एजेन्सी
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार