Technology Khabar २१ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ जेठ । अहिलेको उच्च प्रविधियुक्त बजारमा अधिकांश मानिसहरु स्मार्टफोन खरिद गर्न चाहन्छन् । जसले गर्दा फीचर फोनहरुको बजार घट्दोक्रममा छ भने कतिपय पसल तथा इकमर्श साइटहरुमा फीचर फोनहरु उपलब्ध हुन छाडेको अवस्था छ ।
तर माइक्रोसफ्टले भने यस्ता उत्पादनहरुबाट आफू पछाडी हटेको छैन् । यसै अवस्थामा माइक्रोसफ्टले नोकियाका निकै आधारभूत किसिमको फीचर फोन बजारमा सार्वजनिक गरेको छ । बजारमा फीचर फोनहरु अझैपनि लोकप्रिय रहेको अनुमानको आधारमा कम्पनीले यो फोनसेट ल्याएको हो । कम मूल्य तोकिएका यस्ता फीचर फोन अधिक संख्यामा बिक्री हुने संभावना पनि उत्तिकै रहन्छ ।
माइक्रोसफ्टले नयाँ स्मार्टफोन नोकिया १०५ मोडल बजारमा ल्याएको हो । नोकियाका यस्ता फोनहरु सन् २०१३ देखि प्रति मिनेट एक सयवटा यूनिट बिक्री हुने गरेको छ । जसले गर्दा कम्पनीलाई केहि आम्दानी प्राप्त हुने गरेको छ । माइक्रोसफ्टले ल्याएको यो फोनको बजार मूल्य २० अमेरिकी डलर तोकिएको छ ।
माइक्रोसफ्टको नोकिया १०५ मोडलमा पछिल्लो पुस्ताको भन्दा केहि सुधार गरिएको छ । यो सेटको किनारालाई घुमाउरो बनाएर अझ आकर्षक बनाईएको छ । यो फोन ब्ल्याक, ह्वाईट, सियान जुन हेर्दा निकै आकर्षक देखिन्छ ।
नोकिया १०५ मा २ हजारवटा सम्पर्क नम्बर राख्न सकिन्छ भने यसमा ८०० एमएएचको ब्याट्री राखिएको छ । यसमा भएको ब्याट्रीले १५ घण्टाको टकटाईम तथा ३५ दिनको स्ट्याण्डबाई टाईम दिनेछ ।
यसमा दुईवटा सीम प्रयोग गर्न सकिनेछ । नोकियाको यो हेडसेटमा १.४५ इन्चको एलसीडी र सिरिज ३० प्लेटफर्म प्रयोग गरिएको छ । एजेन्सीको सहयोगमा
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार