Technology Khabar २१ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ जेठ । एनसेलले भूकम्पपछिको राहत तथा पुनर्निर्माण कार्यलाई सघाउन द्रूत गतिको इण्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डोङ्गल बजारमा ल्याएको छ । यस्ता डिभाइसमार्फत ५ सय एमबी डाटा बोनस स्वरूप प्रदान गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
यस्ता डिभाइसको सहयताबाट २१.६ एमबीपीएसको डाउनलोड स्पीड तथा ५.७६ एमबीपीएसको अपलोड स्पीडमा इण्टरनेट चलाउन सकिने बताइएको छ । त्यस्तै, वायरलेस राउटरको माध्यमबाट एकै पटक १० जनासम्मले इण्टरनेट चलाउन सक्ने कम्पनीद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।
यी डिभाइसमा ६घण्टासम्मको ब्याट्री ब्याकअप रहनेछ । वायरलेस राउटर तथा डोङ्गल एनसेलसेण्टर, एनसेल शप तथा आधिकारिक विक्रीकेन्द्रमा उपलब्ध हुने एनसेलले जनाएको छ।
कम्पनीले डोङ्गलको मूल्य २ हजार ६ सय ९९ (करसहित) र वायरलेस राउटर ५ हजार ३ सय ९९ रुपैयाँ (करसहित)मा प्रदान गर्ने बताएको छ । त्यस्तै, एनसेलको डाटा सिम प्रयोग गरिरहेका ग्राहकले बोनसबापत प्राप्त हुने ५ सय एमबी डाटा एनसेल सेण्टरबाट आफ्नै विद्यमान् नम्बरमा पनि प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार