Technology Khabar २१ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ जेठ । माइक्रोम्याक्सले बुधवार विश्व बजारमा नयाँ ट्यालबेट सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले आठ इन्चको स्क्रीनसहितको क्यानभास ट्याब पी ६९० भारतीय बजारमा सार्वजनिक गरेको हो ।
क्यानभास ट्याब पी ६९० आउँदो आइतवारदेखि भारतमा अनलाईन तथा रीटेलरबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । अघिल्लो वर्ष सार्वजनिक भएको क्यानभास ट्याब पी ६६६ को नै यो नयाँ संस्करण हो । तर यसमा निकै चौथो पुस्ताको द्रूत प्रोसेसर राखिएकोछ ।
क्यानभास ट्याब पी ६९० मा हेलो टीभी, सावन, किण्डल, न्यूज हन्ट, स्विफ्ट की, डब्लूपीएस अफीस जस्ता माइक्रोम्याक्सको केहि एप्लीकेशन पहिले नै उपलब्ध हुनेछन् । यसका थौ यसमा कयौं प्रकारका गेम्स पनि प्री लोडेड हुनेछ ।
ट्याबलेट सार्वजनिक गर्ने अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनीत तनेजाले भने, हामी क्यानभास ट्याब पोर्टफोलियोमा महिनामा ३० प्रतिशतको वृद्धि हासिल गरिरहेका छौं, साथै हामीले ६ हजारदेखि १५ हजार भारुको सेगमेन्टमा निकै छिटो मार्केट लीड गर्नेछौं ।
माइक्रोम्याक्सको नयाँ ट्याबमा ८ इन्चको १२८० ह ८०० पिक्सेलको एचडी स्क्रीन छ भने १ जीबीको र्यामका साथमा १.३ गीगाहर्जको क्वाड कोर इन्टेल एटोम प्रोसेसर राखिएको छ ।
एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित यो ट्याबमा एन्ड्रोयड ललीपप ५.० अपग्रेड गर्न सकिने कम्पनीको भनाई छ ।
५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको यो ट्याबमा ८ जीबीको इन्टरनल स्टोरेज छ जसलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ । माइक्रोम्याक्सको ट्याब पी ६९० मा ४००० एमएएचको ब्याट्री उपलब्धछ ।
क्यानभासको नयाँ ट्याबका साथैमा कम्पनीले किण्डलमा ६ वटा फ्री ईबुक्स, सावनको ६ महिनाको फ्री सब्सक्रिप्शन, ६ महिनाको ट्रूकलरको निशुल्क सब्सक्रिप्शन, हेलो टीभीको एक महिनाको फ्री सब्सक्रिप्शन पनि ग्राहकलाई उपलब्ध गराउने भएको छ ।
यी सबै अफरहरुका साथै कम्पनीे नयाँ ट्यालबेटको खरिदमा प्रीमियम फ्लिपकभर पनि निशुल्क दिने जनाएको छ ।
नेपालमा यो ट्याब कहिले उपलब्ध हुने भन्ने कुनै जानकारी छैन्, नेपाली बजारमा पशुपति ट्रेड लिंकले माइक्रोम्याक्सका उत्पादनहरु बिक्री बितरण गर्दै आएको छ ।
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार