Technology Khabar २० जेष्ठ २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २० जेठ । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नयाँ साउण्ड बार बजारमा ल्याएको छ । आकर्षक डिजाइनमा रहेका साउण्ड बार दुई मोडलमा उपलब्धछ ।
सिजी एसबी ५२ को मूल्य ७ हजार ७ सय ९० रुपैयाँ रहेको छ भने सिजी एसबी ५२ डब्लूको मूल्य ९ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।
दुबै मोडलमा ब्लुटूथ कनेक्सन, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, युएसबी डिस्क, एफएम रेडियो, एसडी कार्ड लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: २० जेष्ठ २०७२, बुधबार