भूकम्प पिडितलाई सहयोग गर्न सर्भाईभर्स नेपाल स्थापना

Technology Khabar १९ जेष्ठ २०७२, मंगलवार

भूकम्प पिडितलाई सहयोग गर्न सर्भाईभर्स नेपाल स्थापना

काठमाडौं ।

काठमाडौं, १९ जेठ । भूकम्प पिडितहरुलाई राहत र पुर्नवासमा आवश्यक सहयोग पुर्याउने उदेश्यका साथ सर्भाइभर्स नेपालको स्थापना भएको छ ।

गैर नाफामूलक संस्थाको रुपमा स्थापना भएको यो संगठनले भूकम्पले असर पारेका विभिन्न स्थानहरुमा राहत पुर्याउनुका साथै पुर्ननिर्माणमा सहयोग गर्नु रहेको छ । यो संस्थाको मुख्य कार्यालय सोमबार एक कार्यक्रमका बिच शुरु भएको घोषणा गरिएको छ ।

यो संगठनले स्थानियस्तरमा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै अति प्रभावित क्षेत्रहरुमा त्रिपाल, औषधोपचार, स्वास्थ्य सेवा प्रदान गर्ने कम्पनीका संस्थापकमध्येका एक निराकार श्रेष्ठले जानकारी दिए ।

संगठनले पहिलो चरणमा शिक्षा, स्वास्थ्य तथा पुनरुत्थानको लागि सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा र कालिका गाविसमा काम गरिरहेको जनाएको छ । त्यसैगरी काभ्रे पलाञ्चोक, लमजुंग, दोलखाका विभिन्न स्थानमा पनि संगठनले सेवा प्रदान गरिरहेको जनाएको छ ।

संगठनले राहत तथा पुननिर्माणको कार्यलाई पारदर्शि बनाउने उदेश्यका साथ दि सर्भाइभर्स डट ओआरजी नामक आधिकारीक वेवसाईट पनि संचालनमा ल्याएको छ ।

easy care

प्रकाशित: १९ जेष्ठ २०७२, मंगलवार

ताजा समाचार