जोलोको नयाँ ब्राण्डको स्मार्टफोन आउँदै, ब्ल्याक ब्राण्डमा दुई वटा रियर क्यामरा

Technology Khabar १८ जेष्ठ २०७२, सोमबार

जोलोको नयाँ ब्राण्डको स्मार्टफोन आउँदै, ब्ल्याक ब्राण्डमा दुई वटा रियर क्यामरा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १८ जेठ । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलोले भारतमा आफ्नो छुटै नयाँ ब्राण्ड (Sub brand) मा स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले भारतीय बजारमा अनलाईन सपिंगको माध्यमबाट मात्र उपलब्ध गराउने गरी ब्ल्याक(Black) ब्राण्डमा स्मार्टफोन ल्याउने तयारी गरेको हो ।

टेक साइट जीएसएमएरेनाका अनुसार जोलोको सब ब्राण्डमा आउने स्मार्टफोन जून महिनाको अन्त्यतीर अनलाईन रिटेलरहरुद्धारा सार्वजनिक गरिनेछ ।

कम्पनीले ब्ल्याक ब्राण्डमा पहिलो फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जुन स्मार्टफोनमा दुईवटा रियर क्यामरा रहनेछ । यस्तो दुई क्यामरा हुने स्मार्टफोनको श्रेणीमा यो पहिलो फोन हुने बताईएको छ ।

यो स्मार्टफोनमा एलटीई सपोर्ट गर्नेछ भने जोलोको आफ्नै नयाँ हाईभ १.५ यूआई (HIVE 1.5 UI) प्रयोग हुनेछ । जोलोको ब्ल्याक ब्राण्डमा आउने नयाँ फोनमा एन्ड्रोयडको ललीपप ५.० भर्सन रहनेछ ।

ब्ल्याक ब्राण्डको स्मार्टफोनको मूल्य भारतमा करिब २ सय ३५ अमेरिकी डलर अर्थात १५ हजार भारु रहनेछ ।

Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०७२, सोमबार

तपाइको प्रतिक्रिया