Technology Khabar १८ जेष्ठ २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ जेठ । इन्टेक्सले आफ्नो नयाँ बजेट स्मार्टफोन भारतमा लन्च गरेको छ । कम्पनीले क्लाउड सीरीजलाई अगाडि बढाउन क्लाउड पावरप्लस (Cloud Power Plus) स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो ।
यो फोन इन्टेक्स एक्वा पावर तथा एक्वा पावर प्लस जस्तै कम्पनीले पावरफुल ब्याट्रीका साथमा बजारमा ल्याएको हो । यो स्मार्टफोनमा ४,००० एमएएच पावरको ब्याट्री दिईएको छ । कम्पनीले यो फोन १७ घण्टाको टक टाइम तथा ७६ घण्टाको स्ट्याण्डबाइ टाइम दिने जनाएको छ ।
इन्टेक्सको क्वाउड पावर प्लस स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० मा आधारित छ भने यसमा दुई सीम प्रयोग गर्न सकिन्छ । यसमा २ जीबीको र्याम छ भने ५ इन्चको ७२० ह् १२८० पीक्सेल रिजोल्यूशनको डिस्प्ले राखिएको छ ।
यसमा १.३ गीगाहर्जको क्वाड कोर मिडिया टेक एमटी६५८२एम प्रोसेसर रहेको छ भने १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
यो स्मार्टफोनमा एलईडी तथा अटोफोकशका साथमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
ससक्त ब्याट्री तथा कम मूल्यको यो स्मार्टफोनले भारतीय बजारमा लेनोभो पी ७८०, लाभा आइरीस तथा जोलो क्यू ३००० जस्ता स्मार्टफोनलाई चुनौती दिनेछ । भारतमा यो स्मार्टफोनको मूल्य भारु ८ हजार ५ सय ९९ रुपैंया तोकिएको छ । एजेन्सी
प्रकाशित: १८ जेष्ठ २०७२, सोमबार