नेशनल लाईफ इन्स्योरेन्सको २७ औं वार्षिक साधाण सभा सम्पन्न

Technology Khabar १८ जेष्ठ २०७२, सोमबार

नेशनल लाईफ इन्स्योरेन्सको २७ औं वार्षिक साधाण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं, १८ जेठ । कम्पनीको २७ औं वार्षिक साधारण सभा मिति यहि १३ गते सम्पन्न भएको छ ।

२७ औं वार्षिक साधारण सभाले आव २०७० ७१ को लागि चूक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र नगद लाभांश ८ प्रतिशत गरी जम्मा ३८ प्रतिशत लाभांश पारित गरेको छ, जसबाट कम्पनीको चूक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैंया पुग्न गएको छ ।

साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आव २०७० ७१ मा कम्पनीले राम्रो प्रगति गरेको बताउँदै उक्त वर्ष कुल २ सय ६७ करोड रुपैंया प्रिमियम संकलन भएको, ८१ करोड रुपैंया खुद दाबी भुक्तानी गरेको र २५ करोड खुद मुनाफा आर्जन गरेको जानकारी दिईन् ।

कम्पनीले आव २०७० ७१ को अन्त्यसम्ममा कुल लगानी ९ सय ७८ करोड रुपैंया तथा कम्पनीको जीबन बीमा कोष २०७१ असार मसान्तसम्ममा ९ अर्ब ८८ करोड पुगेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १८ जेष्ठ २०७२, सोमबार