टचस्क्रीन जस्तै काम गर्ने कपडा तयार हुँदै !

Technology Khabar १८ जेष्ठ २०७२, सोमबार

टचस्क्रीन जस्तै काम गर्ने कपडा तयार हुँदै !
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १८ जेठ । विश्व प्रसिद्ध टेक फर्म गूगलले एक यस्तो स्मार्ट फेब्रिकको विकास गरी रहेको छ, जसबाट निर्माण हुने कपडाले टचस्क्रीनको जस्तै काम गर्नेछ ।

गूगलको एडभान्स्ड टेक्नोलोजी एण्ड प्रोजेक्ट्स प्रयोगशालाको प्रोजेक्ट ज्याकार्ड (Project Jacquard) अन्तरगत जुन धागोको विकास गरिरहेको छ त्यो टच सेन्सेटिभ तथा दह्रो किसिमको हुनेछ, जसबाट कुनैपनि कपडा बनाउन सकियोस् । ज्याकार्ड धागो अन्य सूती, पोलिस्टर, अथवा सिल्कको धागो जस्तै हुने गूगलले उल्लेख गरेको छ ।

टच सेन्सेटिभ धागोमा पातलो, रेशमको धागो वा मिश्र धातु (मेटालिक एलोए)सँग मिसाउन सकिनेछ ।MobilesKhabar_2

गूगलले परियोजनाको वेबसाइटमा उल्लेख गरेको छ, ‘सुचालक धागो, टच तथा जेस्चर सेन्सेटिभ क्षेत्रहरुको कपडालाई निश्चित स्थानमा बुन्न सकिन्छ ।’ गूगलले भनेको छ, ‘ज्याकर्ड फ्याशन उद्योगको लागि एक खाली क्यानभासी जस्तै हो । डिजाइनले यसलाई अन्य कुनै फेब्रिकजस्तै प्रयोग गर्न सक्नेछ ।’

यो धागो प्रयोग गरेर बनाईएको कपडामा टच इन्टरएक्सन्स हुनेछ । यसमा इशाराबाट लिईएको तथा टच गरेर राखिएको डाटा तथा यसमा गरिएको प्रयोगलाई बिना तार मोबाइल फोन वा अन्य डिभाइसमा संचारित गर्न सकिन्छ । जसले अनलाईन सर्भिसहरु, एप्स, फोन फीचरहरु तथा विभिन्न कार्यहरुलाई नियन्त्रण गर्न सक्दछ ।

त्यसैगरी यस्तो कपडामा एलईडि, हेप्टीक तथा अन्य आउटपुटबाट आउने सूचनाको माध्यमबाट प्रयोगकर्ताले प्रतिकृया प्राप्त गर्न सक्नेछन् ।MobilesKhabar_3

गूगलले यस्तो कपडा वृहतरुपमा उत्पादन गर्ने लक्ष्य राखेको छ, जुन कम लागतमा उत्पादन हुनेछ भने गूणस्तरीय औजारको आधारमा विश्वभरका मिलहरुमा उत्पादन गर्न सकिनेछ । यसको एउटा करघा(लूम)ले विभिन्न किसिमका टेक्सटाईल डिजाइनहरु बनाउन सकिने त्यहि लूम प्रयोग गरेर अन्तरक्रियात्मक कपडाहरु तयार पार्न सकिनेछ ।

Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०७२, सोमबार

तपाइको प्रतिक्रिया