एचपीको दुई वटा ट्याबलेट भारतीय बजारमा आउँदै

Technology Khabar १७ जेष्ठ २०७२, आईतवार

एचपीको दुई वटा ट्याबलेट भारतीय बजारमा आउँदै

काठमाडौं ।

काठमाडौं, १७ जेठ । एचपीले भारतीय बजारमा एन्ड्रोयडमा आधारित केहि ट्याबलेटहरु छिटै उपलब्ध गराउने भएको छ । भारतीय बजारमा उपलब्ध हुने दुईवटा श्रेणीका ट्याबलेटहरु फरक फरक लक्षित समूहका लागि रहेका छन् । यी दुबै ट्याबलेटहरु एन्ड्रोयडको निकै पुरानो आउटडेटेड भर्सन जेलीबिन ४.२ मा आधारित छन तर एचपीले आफ्नो वेबसाइटमा किटक्याट अपडेट उपलब्ध रहेको उल्लेख गरेको छ ।

पहिलो ट्याबलेट एचपी स्लेट ७ भ्वाइसट्याब अल्ट्रा हो, जुन ट्याबलेट यसको दायराभन्दा पर गएर फोनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यो ट्याबको स्क्रिन रिजोल्यूशन १,२००X१,९०० पीक्सेल रहेको छ ।

यसमा १.६ गीगाहर्जको क्वाड कोर प्रोसेसर तथा किरिन ९१० माली ४५० जीपीयू रहेको छ । यो ट्याबलेटमा २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज रहेको छ जसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ ।

एचपीको यो ट्याबलेटमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने ५,००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।HP 2

त्यसैगरी अर्को ट्याबलेट हो एचपी स्लेट ८ प्लस,जसमा अघिल्लो भन्दा कम सुविधाहरु छन् । ८ इन्चको डिस्प्ले रहेको यो ट्याबलेटमा ८००X१२०० पीक्सेलको रिजोल्यूशन रहेको छ भने एचपी स्लेट ७ भ्वाइसट्याब अल्ट्राकै जस्तो चीपसेट तथा स्टोरेज रहेको छ । तर यो ट्याबमा र्याम भने १ जीबीको मात्र छ ।

त्यसैगरी क्यामरा पनि ५ मेगापिक्सेलको रियर तथा १ मेगापिक्सेलको फ्रन्टमा राखिएको छ । यो ट्याबमा ४,८०० एमएएचको ब्याट्री क्षमता रहेको छ ।

दुबै ट्याबलेटमा माइक्रो सिम प्रयोग गर्न सकिन्छ भने यसमा टूजी तथा थ्रीजी दुबैका साथै एलटीई ब्याण्ड प्रयोग गर्न सकिन्छ । यी ट्याबमा वाईफाई, ४.० भर्सनको ब्लूटूथलगायतका फीचर छन् ।

भारतीय बजारमा एचवी स्लेट भ्वाइसट्याब अल्ट्राको मूल्य ४ सय ७० अमेरिकी डलर अर्थात २९ हजार ९ सय ९० भारु तथा स्लेट ८ प्लसको ३ सय ६० डलर अर्थात २२ हजार ९ सय ९० रुपैंया तोकिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १७ जेष्ठ २०७२, आईतवार

ताजा समाचार