Technology Khabar १७ जेष्ठ २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १७ जेठ । गूगलको आफ्नो वार्षिक कन्फ्रेन्स गूगल आई/ओ डेभलपर कन्फ्रेन्स अमेरिकाको सान फ्रान्सिस्को शहरमा शुरु भईसकेको छ । कन्फ्रेन्सको पहिलो दिन गूगलले अपरेटिंग सिष्टम एन्ड्रोयड ‘एम’का साथै फोटो सेभिंग एप पनि सार्वजनिक गरेको छ ।
गूगलले आफ्नो वार्षिक कन्फ्रेन्समा फोटो सेभिंगको लागि नयाँ स्ट्याण्डअलोन सर्भिस सार्वजनिक गरेको छ जसको मद्धतबाट प्रयोगकर्ताले आफ्ना तस्विरहरु तथा भिडियोहरु निःशुल्क स्टोर गर्न सक्नेछन् । कम्पनीले यो सर्भिसलाई ‘गूगल फोटोज’ (Google Photos) को नामबाट सार्वजनिक गरेको छ ।
कम्पनीले गूगल फोटोज एप एन्ड्रोयड, आईओएस तथा वेब यूजर्सका लागि सार्वजनिक गरेको हो । यूजर्सले यो एप निशुल्क डाउनलोड तथा प्रयोग गर्न सक्नेछन् ।
यो एपमा १६ मेगापिक्सेलको फोटोहरु तथा १०८० पिक्सेल रेजोल्यूशनसम्मका भिडियोहरु पनि स्टोर गर्न सक्नेछन् । यो भन्दा बढि रिजोल्यूशन गुणस्तरका फोटो तथा भिडियो सेभ गर्न प्रयोगकर्ताले आफ्नो गूगल एकाउन्ट स्टोरेजको प्रयोग गर्न सक्नेछन् ।
गूगल फोटोजमा इनबिल्ट फोटो एडिटर तथा कोलाज मेकरको सुविधा दिईएको छ । गूगलको यो सेवाले साथीभाईहरुसँग फोटो तथा भिडियो शेयर गर्ने सुविधा पनि उपलब्ध गराउँछ ।
गूगलको यो फोटो सर्भिसलाई एन्ड्रोयड अवथा आईओएसमा इन्टल गरेपछि यूजरको फोटोहरु तथा भिडियोहरु आफैं क्लाउडमा सेभ हुन्छ । गूगल फोटोजले आफैं फोटोलाई ट्यागलाई डिटेक्ट गरेर फोटोहरुलाई सेभ गर्दछ । तस्विर सेभ गर्न प्रयोगकर्ताले कुनै ट्याग वा क्याटगोरी बनाउन आवश्यक छैन् ।
यूजरले आफ्नो फोटोहरु खोज्न (सर्च गर्न) न्याचूरल ल्यांगवेजको प्रयोग गर्न सक्नेछन् । उदाहरणको लागि लुम्बिनी टूर (Lumbini Tour) वा पोखरा ट्रिप (Pokhara Trip) जस्ता शब्द टाइप गर्ने वित्तिकै यो क्याटगोरीमा भएका सबै तस्विरहरु सर्च गर्नसक्नेछ ।
एन्ड्रोयड प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्नेछन्
आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्नेछन्
वेब प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्नेछन्
प्रकाशित: १७ जेष्ठ २०७२, आईतवार