Technology Khabar १७ जेष्ठ २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १७ जेठ । गूगलले आफ्नो वार्षिक कन्फ्रेन्स गूगल आई/ओ डेभलपर कन्फ्रेन्स (Google I/O Developer Conference) मा एन्ड्रोयडको पछिल्लो भर्सन ‘एन्ड्रोयड एम'(Android ‘M’) को घोषणा गरेको छ । कम्पनीको ‘एन्ड्रोयड एम’को प्रील रिलीज भर्सन पनि शुक्रबार सार्वजनिक भएको छ ।
गूगलको नयाँ अपरेटिंग सिष्टम ‘एन्ड्रोयड एम’ सन् २०१५ को अन्त्यसम्म फुल भर्सनमा उपलब्ध हुने अनुमान गरिएको छ ।गूगल सर्च, गूगल म्याप, गूगल प्लस, कमर्श, एडर्भटाईजिंग तथा इन्फ्रास्ट्रक्चरका हेड सुन्दर पिचाईका अनुसार यो नयाँ अपरेटिंग सिष्टम एन्ड्रोयड एममा यसको आकर्षकपनाका साथै यसको गुणस्तरमा पनि जोड दिईएको छ । यसलाई पहिलेको अपरेटिंग सिष्टमभन्दा ज्यादा स्थिर तथा यूजर फ्रेन्डली बनाईएको छ ।
गत साल पनि गूगलले आफ्नो वार्षिक कन्फ्रेन्समा एन्ड्रोय एल लन्च गरेको थियो । एन्ड्रोयड एललाई एन्ड्रोयड ललीपप नाम दिईएको थियो । तर अपरेटिंग सिष्टम एन्ड्रोयड एमलाई अहिलेसम्म कुनैपनि कोड नेम दिईएको छैन् । नयाँ अपरेटिंग सिष्टम केबल गूगल नेक्सस ५, ६ तथा गूगल नेक्सस ९ मा मात्रै उपलब्ध हुने कम्पनीले बताएको छ ।
गूगलले एन्ड्रोयड एमको पुरा नाम सार्वजनिक गरेको छैन् तर विश्लेषकहरुले भने विभिन्न अनुमान गरिरहेका छन् । यसमध्ये एन्ड्रोयड मफीन, एन्ड्रोयड मकारुन अथवा मडपाई, मर्जीपान, मिलकशेक आदि नामहरु अगाडि आएका छन् ।एन्ड्रोयड पे(Android Pay)
गूगलले एन्ड्रोयड एमका साथमा मोबाइल पेमेन्टको क्षेत्रमा एन्डो्रयड पे लन्च गरेको छ । यो एप हेर्दा एप्पल पेको नक्कल जस्तो लागेपनि केहि फरक छ । गूगलको एन्ड्रोयड पेले पनि एप्पलको जस्तै एनएफसीको माध्यमबाट काम गर्दछ । यसको अर्थ एनएफसीमा आधारित भएर काम गर्ने सबै पोर्टलहरुमा एन्ड्रोयड पेले काम गर्दछ । एन्ड्रोयड पेको माध्यमबाट मोबाइल पेमेन्ट्स हुन सक्नेछ । यसको अगाडि गूगलकै गूगल वालेट निकै कमजोर देखिनेछ ।
यो एन्ड्रोयड किटक्याट ४.४ अथवा त्यसभन्दा माथिको अपरेटिंग सिष्टममा आधारित कुनैपनि डिभाइसमा काम गर्दछ । यो एक प्लेटफर्म हो जहाँ यूजर्सले एपको माध्यमबाट रिटेल स्टोरमा किनमेल गर्न सक्नेछन् । यो नयाँ फीचरद्धारा अमेरिकामा मात्रै सात लाख स्टोर्समा किनमेल गर्न सकिनेछ ।यूएसबी सी पोर्टस्( USB C Ports)
एप्पल म्याकबुकमा यूएसबी सी पोर्ट आएपछि गूगलले पनि एन्ड्रोयड एमसँगै यूएसबी सी टाइप पोर्टको सपोर्ट फीचर ल्याएको छ । यूएसबी सी टाइप पोर्टस् दुबै तर्फबाट एक जस्तै हुन्छन् । यस्तो पोर्टमा कुनै पनि कुनाबाट केबल लगाउन सहज हुनेछ । यो सुविधा हालका लागि नेक्सस फोन सबैभन्दा पहिलो फोन हो जसको खरिदसँगै यो पोटर्स उपलब्ध हुन्छ ।ब्याट्री बचत(Battery Life)
गूगलले प्रोजेक्ट भोल्टाको आधारमा यो पटक एन्ड्रोयडको ब्याट्रीलाई अझै सुधार गरेको छ । कम्पनीको दाबी अनुसार यो पटक ब्याट्रीको उपभोगमा निकै सुधार भएको छ भने ब्याट्रीको लाईफ पनि बढ्नेछ । मल्टीटास्किंगपछि पनि ब्याट्रीको पावर कम हुनेछैन् । यसका साथै फास्ट चार्जिंग तथा एप्सद्धारा ब्याट्रीको खर्च गर्ने समस्यामा कमी आउनेछ ।गूगल नाउ(Google Now)
गूगल नाउलाई कम्पनीले थप सुधार गर्दै अझै आकर्षक बनाएको छ । गूगल नाउले अब प्रयोगकर्ताको विभिन्न प्रश्नहरुको पनि उत्तर दिनेछ । गूगल नाउ होमपेजमा ट्याप गरेर एक्टिभेट हुनेछ । यसका साथै गूगल नाउमा सिधै फोटो अपलोड गरेर पनि काम गर्न सकिन्छ ।
प्रकाशित: १७ जेष्ठ २०७२, आईतवार