विश्वभर सवा तीन अर्ब व्यक्तिहरु इन्टरनेटको पहुँचमा हुने

Technology Khabar १४ जेष्ठ २०७२, बिहीबार

विश्वभर सवा तीन अर्ब व्यक्तिहरु इन्टरनेटको पहुँचमा हुने

काठमाडौं ।

काठमाडौं, १४ जेठ । सन् २०१५ को अन्त्यसम्म विश्वको कुल जनसंख्याको आधा जनसंख्या इन्टरनेटसँग जोडिने तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्र संघको संस्था अन्तराष्ट्रिय टेली कम्यूनिकेशन यूनियन (आईटीयू)को एक प्रतिवेदन अनुसार ३.२ अर्ब भन्दा बढि व्यक्तिहरु अनलाईनमा हुनेछन् । हाल विश्वको जनसंख्या ७.२ अर्ब छ ।MobilesKhabar02

यसमध्ये विकासशील देशहरुमा बस्ने दुई अर्ब व्यक्तिहरु सहभागी हुने प्रतिवेदनले उल्लेख गरेको छ ।

तर सबैभन्दा कम विकसित मुलुकहरुको सूचीमा रहेका सोमालिया तथा नेपालबाट भने केबल ८ करोड ९० लाख व्यक्तिले मात्र इन्टरनेटको प्रयोग गर्न पाउनेछन् ।

प्रतिवेदनका अनुसार सन् २०१५ को अन्त्यसम्म विकसित देशहरुमा ८० प्रतिशत घर तथा विकासशील मुलुकहरुमा ४६ प्रतिशत घरहरुमा कुनै न कुनै रुपबाट इन्टरनेटको सुविधा हुनेछ । सन् २००० देखि सन् २०१५ को बिचमा इन्टरनेट पहुँचमा सात गुणाले वृद्धि हुँदै ६.५ प्रतिशतबाट ४३ प्रतिशत पुगेको छ ।MobilesKhabar03

आईटीयूका डेभलपमेन्ट व्यूरोका निर्देशक ब्राहिमा सनोउले भने, पछिल्लो १५ वर्षमा इन्टरनेटले विश्व विकासमा महत्वपूर्ण भूमिका निभाएको छ । डिजिटल समुदाय बनाउने तर्फ अघि बढिरहेको विश्वको विकासको लागि इन्टरनेटको महत्वपूर्ण भूमिका हुनेछ ।

त्यस्तै मोबाइल ब्रोडब्याण्ड प्रयोग गर्ने व्यक्तिहरुको संख्या विश्वभर ७ अर्बसम्म पुग्ने प्रतिवेदनमा उल्लेख छ । अमेरीका तथा यूरोपमा एक सय जनामा ७८ जनाले मोबाइल ब्रोडब्याण्डको प्रयोग गर्दछन् । विश्वभर थ्रीजी मोबाइल ब्रोडव्याण्डको द्रूत विस्तार हुने अनुमान गरिएको छ । विश्वभर ६९ प्रतिशत व्यक्तिहरुसँग थ्रीजीको पहुँच भएपनि ग्रामीण इलाकाहरुमा यो २९ प्रतिशत व्यक्तिको पहुँचमा मात्र रहेको छ ।

अफ्रीकामा मोबाइल ब्रोडब्याण्ड केबल १७.४ प्रतिशत जनसंख्यामा मात्र पुगेको छ भने ब्रोडब्याण्ड हाल १ सय ११ मुलुकसम्म पुगेको प्रतिवेदनले जनाएको छ ।

easy care

प्रकाशित: १४ जेष्ठ २०७२, बिहीबार