Technology Khabar १४ जेष्ठ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १४ जेठ । जापानी स्मार्टफोन निर्माता कम्पनी सोनीले अप्रिलमा जापानमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया जेड फोर लन्च गरेको थियो । यसपछि कम्पनीले बुधवार मात्र अर्को नयाँ स्मार्टफोन एक्सपेरिया जेड थ्री प्लस विश्व बजारमा लन्च गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन अघिल्लो वर्ष सेप्टेम्बरमा लन्च गरेको एक्सपेरिया जेड थ्रीको अपग्रेडेड भर्सन हो । एक्सपेरिया जेड थ्रीको जस्तै यो स्मार्टफोनमा पनि कम्पनीले ५.२ इन्चको १०८० पीक्सेलको डिस्प्ले राखिएको छ ।
यो स्मार्टफोनको रीयर क्यामरा एक्सपेरिया जेड थ्रीको जस्तै २०.७ मेगापिक्सेलको छ तर कम्पनीले यो स्मार्टफोनको फ्रन्ट क्यामरामा भने परिवर्तन गरेको छ । यसअघि एक्सपेरिया जेड थ्रीमा २.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा थियोभने जेड थ्री प्लसमा ५ मेगापिक्सेलको क्यामरा राखिएको छ । यसका साथै यो स्मार्टफोनको पिक्चर्स क्वालिटी वृद्धिगर्न विशेष किसिमको सेन्सर लगाएको छ । यसको क्यामराले कम उज्यालोमा पनि गुणस्तरीय फोटो खिच्न सक्ने बताईएकोछ ।
यसका साथै यसको प्रोसेसरमा पनि परिवर्तन गरिएको छ । एक्सपेरिया जेड थ्री प्लस मा ६४ बिटयुक्त क्वाल कम स्न्यापड्रयागन ८१० अक्टा कोर प्रोसेसर राखिएको छ । कम्पनीले यो नयाँ प्रोसेसर पहिलेको तुलनामा ५० गुणा अधिक स्पीड दिने दाबी गरेको छ ।
सोनीले यो स्मार्टफोनको ब्याट्रीमा पनि परिवर्तन गरेको छ । यसअघि एक्सपेरिया जेड थ्रीमा ३,१०० एमएएचको ब्याट्री थियो भने नयाँ एक्सपेरिया जेड थ्री प्लसमा २,९०० एमएएचको ब्याट्री राखिएको छ । कम्पनीले नयाँ स्मार्टफोनको साइजको आधारमा यसको ब्याट्री क्षमता कम गरिएको जनाएको छ ।
यो स्मार्टफोन कहिले बजारमा उपलब्ध हुन्छ भन्ने जानकारी छैन तर यो गर्मी महिनाहरुमा नै बजारमा बिक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । त्यस्तै कम्पनीले यो स्मार्टफोनको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन् तर यसको मूल्य पनि एक्सपेरिया जेड थ्रीको हाराहारीमा हुने अनुमान गरिएको छ ।
प्रकाशित: १४ जेष्ठ २०७२, बिहीबार