सामसुंगको ‘जेड वान’ बंगलादेशमा पहिलो स्थानमा

Technology Khabar ११ जेष्ठ २०७२, सोमबार

सामसुंगको ‘जेड वान’ बंगलादेशमा पहिलो स्थानमा

काठमाडौं ।

काठमाडौं, ११ जेठ । सामसुंगको टाईजेनमा आधारित एकमात्र स्मार्टफोन जेड वान (Z1) चालु वर्षको पहिलो चौमासिकमा बंगलादेशमा पहिलो स्थानमा पुग्न सफल भएको छ । मार्केट रिसर्च फर्म काउन्टरपोइन्टको नयाँ प्रतिवेदनअनुसार जेड वान बंगलादेशमा पहिलो स्थान रहेको छ ।

दक्षिण कोरियाली टेक कम्पनी सामसुंगले मोबाइल फोन शिपमेन्टमा ७.२ प्रतिशत हिस्सा ओगटदै बजारमा दोस्रो स्थानमा रहेको छ भने सोहि चौमासिकमा २३.४ प्रतिशत शिपमेन्टको हिस्सा ओगटेको छ । बंगलादेशी मोबाइल बजारमा पहिलो स्थान भने स्थानिय मोबाइल कम्पनी सिम्फोनी मोबाइल रहेको छ ।

सामसुंगको टाइजेनमा आधारित स्मार्टफोन जेड वान भारत र बंगलादेशमा मात्र उपलब्ध रहेको समयमा यो निकै महत्वपूर्ण हो । जेभएतापनि टाइजेनको स्टोर भने विश्वभरका १८२ मुलुकमा हाल उपलब्ध रहेको छ । एजेन्सी

यो पनि हेर्नुहोस्

सामसुंगको टाइजेनमा आधारित पहिलो स्मार्टफोन जेड वन आयो

Sajilo Visa

प्रकाशित: ११ जेष्ठ २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार