होसियार ! तपाईँको पुरानो स्मार्टफोनबाट डाटा चोरी हुनसक्छ

Technology Khabar ११ जेष्ठ २०७२, सोमबार

होसियार ! तपाईँको पुरानो स्मार्टफोनबाट डाटा चोरी हुनसक्छ
सांकेतिक

काठमाडौं ।

काठमाडौं, ११ जेठ । अधिकांश मोबाइल प्रयोगकर्ताहरुले आफ्नो पुरानो मोबाइल बेचेर वा साटेर नयाँ मोबाइल खरिद गर्ने गर्दछन् । बजारमा हरेक दिन नयाँ मोबाइल आउने गरेको अवस्थामा उपभोक्ताहरुले आफूले प्रयोग गर्दै आएको पुरानो स्मार्टफोन पसलमा बेचेर नयाँ मोबाइल खरिद गर्दा डाटा चोरी हुने संभावना अधिक रहेको छ ।

के तपाईँपनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसोभए होसियार हुनुहोस तपाईँको पुरानो स्मार्टफोनबाट पनि डाटा चोरी हुनसक्दछ ।

मोबाइल प्रयोगकर्ताको पुरानो फोनबाट पनि यूजर डाटा चोरी हुने एक अनुसन्धानले देखाएको छ । टेकवीकयूरोप डट को डट यूके साइटका अनुसार क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुद्धारा गरिएको नयाँ अध्ययनले यो पत्ता लगाएको छ की एन्ड्रोयडमा आधारित पुरानो स्मार्टफोनबाट त्यसको पहिलेको प्रयोगकर्ताको डाटा हासिल गर्न सकिन्छ ।Smartphone

स्मार्टफोनलाई डिस्क एनक्रिप्शनको माध्यमबाट पुरै सुरक्षित बनाएपनि प्रयोगकर्ताको डाटाहरु हासिल गर्न सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

एन्ड्रोयडमा आधारित अधिकांश स्मार्टफोन यूजर डेटा, जसमा एक्सेस टोकन, संदेश, चित्र तथा अन्य सामाग्री डिलिट गर्ने अप्शन सहज रहेको छैन् ।

प्रविधि विशेषज्ञले पनि अहिलेसम्म यस विषयलाई लिएर स्मार्टफोनबाट यूजर डाटा डिलिट गर्न निकै कठिन भएकोमा चिन्ता जाहेर गर्दै आएका छन् ।

अध्ययनकर्ताहरुले एन्ड्रोयडमा आधारित पाँच कम्पनीका २१ वटा सेकेण्ड ह्याण्ड (पुराना) स्मार्टफोनको परिक्षण गरेका थिए, जसमा सारा डाटा फ्याक्ट्री रीसेट सेटिंगद्धारा डिलिट गरिएको थियो । यी मोबाइल ह्याण्डसेटहरु एन्ड्रोयडको २.३ भर्सनदेखि किटक्याट ४.३ भर्सनमा आधारित रहेका थिए ।

अनुसन्धानकर्ताले यसका बाबजुद पनि ती स्मार्टफोनहरुबाट लगईनको जानकारी तथा मल्टीमिडिया फाइलहरुको रिकभर गर्न सफल भए । अझ अनुसन्धानकर्ताहरुले केहि मोबाइलबाट त जीमेल तथा गूगलको क्यालेण्डरको खाताहरुको जानकारी पनि पुन पत्ता लगाए ।

गूगल खाताहरुमा लगईन गर्नका लागि जरुरी मास्टर टोकन ८० प्रतिशत फोनमा दोस्रो पटक हासिल गर्न सकिएको थियो ।

अनुसन्धानकर्ताले बताएअनुसार फ्याक्ट्री रिसेट गर्न कठिन भएका ५ सय मिलियन एन्ड्रोयड ह्याण्डसेटहरुमा जुन नियमितरुपमा पुन बिक्री गर्ने गरिन्छमा समस्या रहेका छन् ।

त्यस्तै अनुसन्धान प्रतिवेदनअनुसार ६ सय ३० मिलियन सेटहरुमा मल्टिमिडिया फाइलहरु राम्रोसँग हटाईएको हुँदैन् ।

Global Bank
easy care

प्रकाशित: ११ जेष्ठ २०७२, सोमबार