ब्ल्याकबेरीलाई माइक्रोसफ्टले खरिद गर्न सक्नेःरिपोर्ट

Technology Khabar १० जेष्ठ २०७२, आईतवार

ब्ल्याकबेरीलाई माइक्रोसफ्टले खरिद गर्न सक्नेःरिपोर्ट

काठमाडौं ।

काठमाडौं, १० जेठ । चर्चित क्यानेडियन मोबाइल कम्पनी ब्ल्याकबेरीको अधिग्रहण गर्ने समाचारले टेक मिडियामा पछिल्ला दिनहरुमा निकै चर्चा पाएको छ । डिसेम्बर २०१४ तथा फरवरी २०१५ मा नाफामा रहन सफल भएपनि ब्ल्याकबेरी कम्पनी बिक्री हुने तरखरमा भएको समाचार सार्वजनिक भएको छ ।

टेक साइट डिजीटाइम्सले यस उद्योगसँग सम्बन्धित स्रोतलाई उद्धत गर्दै ब्ल्याकबेरीको अधिग्रहणको बारेमा समाचार सार्वजनिक गरेको छ ।

माइक्रोसफ्टका साथै चीनियाँ कम्पनीहरु शिओमी टेक्नोलोजी, लेनोभो तथा हुवावेलगायतका कम्पनीहरु संभावित लगानीकर्ता हुनसक्ने बताईएको छ ।

माइक्रोसफ्टले लगानी कम्पनीहरुसँग ब्ल्याकबेरीको अधिग्रहणका लागि संभावना औंल्याउँदै त्यसको अवस्थाको मूल्याकंन गर्न भनेको छ । माइक्रोसफ्टले आफ्नो मोबाइल व्यवसायको प्रतिस्पर्धि क्षमतालाई अभिवृद्धि गर्ने चाहनाका साथै यसको इन्टरनेट अफ भेहिकल्सको प्याटेन्स् (Internet of Vehicles) पोर्टफोलियोलाई पनि लिन चाहन्छ । त्यस्तै यसको मोबाइल प्लेटफर्म तथा कम्प्यूनिकेशन्स सेक्टरमा पनि माइक्रोसफ्टका लागि फाइदाजनक हुनसक्दछ ।

ब्ल्याकबेरी पछिल्ला दिनहरुमा हार्डवेयरको विकासबाट हटेर सफ्टवेयरको क्षेत्रमा विस्तार भईरहेको समयमा माइक्रोसफ्टका लागि ब्ल्याकबेरी खरिद गर्न चाहनु फाइदाजनक हुँदा पनि माइक्रोसफ्टले ब्ल्याकबेरी खरिद गर्न चाहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै चीनियाँ कम्पनीहरुपनि ब्ल्याकबेरीलाई खरिद गर्न चाहिरहेका छन् किनकी यसबाट यी कम्पनीहरुको अमेरिका तथा यूरोपियन बजारमा पकड केहि भएपनि बलियो हुनेछ । यसका साथै उनिहरुको उत्पादन तथा पेटेन्ट पोर्टफोलियो बढाउन पनि मद्धत हुने स्रोतहरुको भनाई उद्धत गर्दै डिजीटाइम्सले उल्लेख गरेको छ ।

तर स्रोतका अनुसार अमेरिका तथा यूरोपियन मुलुकहरुमा राष्ट्रिय सुरक्षाको विषयमा कडा नियामक निकायहरुद्धारा जाँच भएर जानुपर्ने हुँदा ब्ल्याकबेरीलाई चीनियाँ कम्पनीहरुले खरिद गर्न कठिन हुनेछ ।

Global Bank
easy care

प्रकाशित: १० जेष्ठ २०७२, आईतवार

ताजा समाचार