Technology Khabar ८ जेष्ठ २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ जेठ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगको आउन लागेको ट्याबलेटको फीचर्स लीक भएको छ । सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको फीचर्स बेंचमार्किंग एप गीकबेन्चमा लीक भएको हो ।
आउन लागेको नयाँ ट्याबलाई सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको सफलताको निरन्तरता भएको बताईएको छ । लीक भएको जानकारी अनुसार सामसुंगको यो ट्याबलाई ‘चोपीन-एलटिई’ ( samsung CHOPIN-LTE) कोड नाम दिईएको छ ।
यो ट्याबमा ६४ बीटको इन्टेल एटोम एक्स ५-८५०० (Intel Atom x5-8500) चीपसेटका साथमा २.२४ गीगाहर्जको क्वाड कोर सीपीयू जसलाई ‘चेरी ट्रेल’ (Cherry Trail) कोड नाम राखिएको छ ।
सामसुंगको अपकमिंग ट्याबलेटमा इन्टेल एक्सएमएम ७२६एक्स (726x) एलटीईका साथै एटोम एक्स५-जेड८५०० (Atom x5-Z8500) मोबाईल चिपसेट रहेको छ ।
यसमा ४ जीबीको र्याम रहने छ भने एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिष्टम रहनेछ ।
सामसुंगले आफ्नै चिपसेट साइनोसका साथमा गत साल उच्च श्रेणीका ग्यालेक्सी ट्याबलेटहरु बजारमा ल्याएको थियो । एजेन्सी
प्रकाशित: ८ जेष्ठ २०७२, शुक्रबार