Technology Khabar ८ जेष्ठ २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ जेठ । अमेरिकाको क्यालिफोर्नियाको एक कम्पनीले क्रेडिट कार्डको आकार जत्रो चिप कम्प्यूटर बनाउने कोशिश गरीरहेको छ । कम्पनीले यो कम्प्यूटरको मूल्य ९ अमेरिकी डलर अर्थात करिब नौ सय रुपैंया सम्म हुने जनाएको छ ।
‘नेक्स्ट थिंग’ नामको कम्पनीले आफ्नो प्रोजेस्ट पुरा गर्ने अन्तिम चरणमा छ भने यसको लागि ५० हजार डलर आवश्यक भएको छ ।
कम्पनीले यो चिप कम्प्यूटर आगामी वर्ष सन् २०१६ को शुरुवातमा बजारमा ल्याउन चाहेको छ ।
यो कम्प्यूटरको पहिलो भर्सनमा १ गीगाहर्ज प्रोसेसर, ५१२ एमबीको र्याम तथा ४ गीगा बाइटको अन बोर्ड स्टोरेज हुनेछ ।
बजारमा छोटो तथा तिब्र कम्प्यूटरहरुको प्रतिस्पर्धा चलिरहेको छ । यस्तो अवस्थामा चिप कम्प्यूटर बजारमा आएमा लोकप्रिय रहेको बेयरबोन कम्प्यूटर रास्पबेरी पाई लाई चुनौती दिने संभावना छ ।
यसमा वाईफाई तथा ब्लू टूथ ४.० को सूविधा पनि हुनेछ जुन पाई मा छैन् ।
यसैगरी नेक्स्ट थिंगले एक हेड हेल्ड ग्याजेट पनि बनाउने प्रयास गरिरहेको छ । जसको नाम पकेट चिप हुनेछ र यसको मूल्य ४९ अमेरिकी डलर हुनेछ ।
प्रोजेक्ट अहिलेदेखि नै लोकप्रिय छ र अहिलेसम्म १३ हजार व्यक्तिहरुले कम्पनीलाई यो प्रोजेक्टका लागि ६ लाख ४५ हजार डलर अनुदान दिने वचन दिएका छन् । एजेन्सीबाट
प्रकाशित: ८ जेष्ठ २०७२, शुक्रबार